About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Sunday, September 30, 2018

जानिराखौ कुन राशिमा पर्ने व्यक्तिको स्वभाव कस्तो ?

ज्योतिषशास्त्रमा १२ वटा राशिको विधान पाइन्छ । प्रत्येक राशिको आफ्नै बलियो र कमजोर पक्ष छन् । मान्छेको विशिष्ट गुण, इच्छा, जीवन र अर्को मान्छेप्रतिको दृष्टिकोणलाई राशिले निर्धारण गर्छ । राशिहरूको आधारभूत विशेषतालाई जान्दा मान्छेको बारेमा जान्न धेरै सजिलो हुन्छ ।
सबै १२ राशि एक विशिष्ट राशि तत्व अन्तर्गत पर्दछन् । जम्माजम्मी चारवटा राशिचक्र तत्व हुन्छन् : वायु, अग्नि, पृथ्वी र जल । यी सबै तत्वले हामीभित्र कार्यरत ऊर्जालाई प्रतिनिधित्व गरेका हुन्छन् । ज्योतिषको लक्ष्य भनेको यी ऊर्जाको ध्यान हामीभित्रका सकारात्मक पक्षमा केन्द्रित गर्नु हो । यसमार्फत हामी आफ्ना सकारात्मक गुणलाई झन् प्रस्टसँग जान्दछौं र नकारात्मकतासँग लड्दछौं ।
राशिचक्र तत्वले आधारभूत चरित्र, गुण, भावना र सोचमा गहिरो प्रभाव पार्छन् ।
जल राशि
जल राशिमा जन्मेका मानिस भावनात्मक र अति संवेदनशील हुन्छन् । उनीहरू सरल हुनका साथसाथै रहस्यमयी पनि हुन्छन् । यिनीहरूको सम्झना शक्ति प्रबल हुन्छ र गहिरो कुरा गर्न रुचाउँछन् । आफ्नो आलोचना खुल्ला रूपमा गर्छन् र प्रियजनलाई सहयोग गर्न तम्तयार रहन्छन् । जलराशि हुन् : कर्कट, वृश्चिक र मीन ।
अग्नि राशि
अग्नि राशिका मानिस भावुक, गतिशील र मनमौजी पाराका हुन्छन् । उनीहरूलाई चाँडो रिस उठ्छ तर उनीहरू तत्कालै माफी माग्ने वा दिने गरिहाल्छन् । उनीहरूमा विशाल ऊर्जा हुन्छ र उनीहरू साहसी हुन्छन् । शारीरिक रूपमा बलियो र अरूलाई प्रेरणा दिने खालका हुन्छन् । काममा तयार, बुद्धिमान, जागरुक, रचनात्मक र आदर्शवादी हुन्छन् । अग्नि राशि हुन् : मेष, सिंह र धनु ।
पृथ्वी राशि
पृथ्वी राशिका मानिस धर्तीसँग जोडिएका हुन्छन् । उनीहरू रूढिवादी र यथार्थवादी हुन्छन् तर धेरै भावुक पनि हुन्छन् । विलासितामा रमाउने र भौतिक कुरालाई प्रेम गर्ने यिनीहरूको स्वभाव हुन्छ । उनीहरू व्यावहारिक, इमान्दार र स्थिर हुन्छन् र कठिन समयमा साथ दिने खालका हुन्छन् । पृथ्वी राशि हुन् : वृष, कन्या र मकर ।
वायु राशि
वायु राशिका मान्छे अन्य व्यक्तिसँग संवाद गर्न तथा सम्बन्ध बनाउन रुचाउने खालका हुन्छन् । उनीहरू मित्रवत्, बौद्धिक, मिलनसार, विचारवान् र विश्लेषणात्मक हुन्छन् । दार्शनिक विचार विमर्शमा भाग लिन, सामाजिक समारोहमा जान र राम्रो किताब पढ्न यिनीहरू मन पराउँछन् । यिनीहरू अर्कालाई सल्लाह दिन मन पराउँछन् र सतही पनि हुन सक्छन् । वायु राशि हुन् : मिथुन, तुला र कुम्भ ।
एस्ट्रोलोजी जोडियाक साइन्स डट्कम

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews