About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Sunday, September 30, 2018

प्रतिबन्ध कायम रहे निशस्त्रिकरण प्रक्रिया टुंगिन सक्दैन :उत्तर कोरिया

न्यूयोर्क: उत्तर कोरियाका विदेश मन्त्री रि योङ होले अमेरिकाले उत्तर कोरिया माथि प्रतिबन्ध लगाइ रहेको अवस्थामा आफूहरु पूर्ण निशस्त्रिकरणका पक्षमा रहन नसक्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै होले प्रतिबन्धहरुले अमेरिका प्रति विश्वास गर्ने वातावरण नरहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग छिट्टै दोस्रो वार्ता हुन सक्ने बताएका बेला उत्तर कोरियाली मन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। 
उत्तर कोरियाले पटकपटक अमेरिका र संयुक्त राष्ट्रसंघलार्इ प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको छ। रसिया र चीनले समेत उत्तरको यो मागको समर्थन गर्दै आएका छन्।
तर ट्र्म्प प्रशासनले भने उत्तर कोरिया पूर्ण रुपले निशस्त्रिकरणको पथमा अग्रसर नभएसम्म प्रतिबन्ध नहटाइने बताउँदै आएको छ।
ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्तामा कोरियाली प्रायद्वीपलार्इ पूर्ण निशस्त्रिकरण गरिने सम्झौता भएको थियो। तर त्यसको कुनै मिति र प्रक्रियाहरुका बारेमा केही उल्लेख गरिएको थिएन। 
रिले अमरिकाले ‘निशस्त्रिकरण पहिला’ नीतिलार्इ धेरै जोड दिइरहेको बताउँदै त्यसले प्रतिबन्धको स्तर बढेको प्रतिक्रिया दिएका छन्। अमेरिकाको यो व्यवहारले विश्वास निर्माण हुन नसकेको उनले बताए। 
उनले भने ‘अमेरिका प्रति विश्वस्त नभइ हामी हाम्रो राष्ट्रिय सुरक्षा प्रति निर्धक्क हुन सक्दैनौं। त्यस्तो परिस्थितिमा पहिला नै हामी निशस्त्रिकरण तर्फ उन्मुख हुन सक्दैनौं। प्रतिबन्धबाट हामीलार्इ झुकाउन खोज्नु उनीहरुको सपना हो। उनीहरुले हामीबारे अन्जान छन्।’
अगस्टमा राष्ट्रपति ट्रम्पले अमेरिकासँगको व्यापारिक युद्धका कारण चीनले उत्तर कोरियासँगको निशस्त्रिकरण प्रक्रियालार्इ कमजोर बनाउन खोजेको आरोप लगाएका थिए।
केही हप्ता अघि मात्र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाको भ्रमण गरी किम निशस्त्रिकरण प्रति प्रतिबद्ध रहेको बताएका थिए। यस्तै ट्रम्प र किम चाँडै वार्ताका लागि बस्ने बताएका थिए।
हामीले यो जानकारी Pahilopost लिएका हौ ।

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews