About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Thursday, September 20, 2018

राष्ट्रपति मुन स्वदेश फिर्ता, किमले चाँडै सउल भ्रमण गर्ने

सउल । उत्तर कोरियाको ३ दिने भ्रमण गरेर दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन बिहीवार स्वदेश फर्केका छन् । कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने, अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने लगायत विषयमा शिखर वार्ताका लागि राष्ट्रपति मुन प्योङयाङ पुगेका हुन् ।
शिखर वार्ताको क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले आणविक निःशस्त्रीकरणका लागि क्षेप्यास्त्र परीक्षण केन्द्र बन्द गर्ने, दुवै नेताबीच उत्तर र दक्षिण कोरियाले आपसी सहयोगका क्षेत्रहरूलाई फराकिलो बनाउने लगायत किमले चाँडै दक्षिण कारिएको भ्रमण समेत गर्ने सहमति भएका छन् ।
संचार माध्यमहरुका अनुसार बुधबार दुई कोरियाली नेताबीच उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो वार्ता भएको थियो । जहाँ उनिहरुले “प्योङ्याङ शान्ति सम्झौता” गरेका छन् । शिखर वार्ता पछिको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै किमले भने “मैले दक्षिण कोरियाको राष्ट्रपति मुनलाई प्रतिबद्धता जनाएको छ कि म चाँडै सउलको भ्रमण गर्नेछु ।” साथै यो सम्झौताले अन्तर कोरिया सम्बन्ध लाई थप उचाईमा पुर्याउने भन्दै “यसले शान्ति र समृद्धिको यो नयाँ युग लाई फलदायी बनाउने छ ।” किमले भने ।
त्यस्तै राष्ट्रपति मुनले भनेको छ “कोरियाली प्रायद्वीपबाटलाई युद्धको त्रासबाट मुक्त गर्न हामी सहमत भएका छौँ ।” पत्रकार सम्मेलनमा दुबै नेताले “परमाणु-मुक्त, शान्तिपूर्ण कोरियाको लागि सक्रिय प्रयास ।”को प्रतिबद्धतालाई दोहोर्‍याएका थिए ।
“हामी कोरियाली प्रायद्वीपबाट द्वन्द्वका सबै स्रोतहरू हटाउन सहमत भयौं,” मुनले भने । “र हामी पहिलो पटकको लागि परमाणुकरणको अन्त्य गर्ने चरणमा सहमत भएका छौं। परमाणु-मुक्त कोरिया धेरै टाढा छैन।” मुनका अनुसार उत्तर कोरियाले दोङचाङ–री क्षेप्यास्त्र परीक्षण केन्द्र र क्षेप्यास्त्र प्रक्षेपण केन्द्र दुवै देशका विज्ञहरूको सहभागितामा सधैँका लागि बन्द गर्न सहमति जनाएको कोरिया टाइमसले लेखेको छ ।
विश्वले नै हेरिरहेको मुन र किम बिचको उक्त तेस्रो भेटवार्ता पश्चात् केही समयदेखि अमेरिका र उत्तर कोरियाबीच रोकिएको वार्ता सुचारु हुने सम्भावना पनि बढेको अनुमान गरिएको छ ।
                                                                                                                                                     Source:fonijkorea.net

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews