दक्षिण कोरिया भन्ने वित्तिकै नेपालीहरु जानका लागि लालहित हुन्छन् । रोजगारीमा होस् या विद्यार्थी वा व्यवसायी रुपमा कोरियामा अहिले ४५ हजारभन्दा बढि नेपालीहरु रहेका छन् । कोरियामा खाडी मुलुक तथा मलेसियामा जस्ता धेरै समस्या नभए पनि समस्या नै नभएको भने होइन । इपीएस प्रणालीबाट रोजगारीमा गएका नेपालीहरुलाई कोरियामा काम गर्नु भनेको कडा परिश्रम गर्नु नै हो । कडा परिश्रम गर्नु पर्ने हुँदा नेपालीहरुको मृत्यु कोरियामा धेरै हुने गरेको छ । त्यसमा पनि कोरियामा धेरै आत्महत्या गर्ने गरेको पाइएको छ । कोरियामा ९० प्रतिशत आत्महत्या घरायसी कारणले नै हुने गरेको नेपाली दूतावासको बुझाई छ । कोरियामा रहेका नेपाली, उनीहरुको अवस्था र नेपाली दूतावासको गतिविधिहरुका बारेमा दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहसँग रोजगार मञ्चका सम्पादक उद्वव भट्टराईले उहाँकै कार्यकक्षमा गरेको छोटो कुराकानी :
दक्षिण कोरिया नेपालीहरुका लागि आकर्षक रोजगारी गन्तब्यका रुपमा मानिन्छ । अहिले समग्र कोरियामा रहेका नेपालीहरुको अवस्थालाई यहाँले नियाल्दा कस्तो पाउनुभएको छ ?
हो, दक्षिण कोरिया नेपालीहरुका लागि आकर्षक रोजगारी गन्तब्यका रुपमा नै चिनिएको छ । इपिएसमार्फत कोरिया आउने नेपालीको संख्या बढ्दो छ । अहिले ३८ हजारको हाराहारीमा नेपालीहरु इपिएस मार्फत आएर कार्यरत छन् । विद्यार्थीहरुको कुरा गर्दा १२ सय भन्दा बढी नेपालीहरु कोरियामा अध्ययन गरिरहेका छन् । व्यवसाय गर्ने र अन्य सबै गरेर लगभग ४५ हजार नेपालीहरु हाल कोरियामा छन् । नेपालीहरुका विभिन्न समस्याहरु बेलाबखतमा आइरहन्छन् र समाधान पनि भइरहेका छन् । यहाँ नेपालीहरुका विभिन्न ८४ वटा संघसंस्थाहरु खोलिएका छन् । सबै नेपालीहरुको समन्वय र साझा प्रयासबाट अहिलेसम्म त्यस्तो ठुलो समस्याहरु देखिएको छैन । नेपालीहरुमा आइपर्ने समस्याहरुमा संघसंस्था मार्फत को–ओर्डिनेशन गरेर समाधान गरिरहेका छौं ।
इपिएसमार्फत कोरिया आएका नेपाली कामदारहरुको आत्महत्या वा भनौ मृत्यु केही ज्यादा हुने गरेको सुनिन्छ, के त्यो ढङ्गले नेपालीहरुको मृत्यु भएकै हो त ?
सङ्ख्यात्मक रुपमा भन्ने हो भने यहाँ अरु पनि विभिन्न १६ देशहरुबाट कामदार आउँछन् र ति देशका नागरिकहरुको पनि मृत्युदर बढिरहेको छ । कोरियामा इपिएस मार्फत आउनेमा नेपालीको सङ्ख्या अरु देशको तुलनामा धेरै छ । अरु देशका २० हजार पनि छैनन् । नेपालीहरुको सङ्ख्या बढी भएको हुनाले अरु भन्दा बढी मृत्यु भएको देखिएको हो । तर प्रतिशतको हिसाबमा जाने हो भने अरु देशको अझ बढी नै छ । यो सालमा ६ जना भन्दा बढि नाघेको छैन । आशा गरौं यस्ता अप्रिय घटनाहरु नहोस् ।
यो आत्महत्या भनेको त व्यक्ति आफैले गर्छ, कोरियामा वर्किङ कल्चर नमिलेर हो कि, मानसिक तनावले हो वा कामदारले काम गर्न नसकेर हो ? यहाँले अर्थात नेपाली दूतावासले कसरी हेरिरहेको छ ?
मैले बुझेसम्म ९० प्रतिशत पारिवारिक समस्याका कारण यस्तो घटना हुने गरेका छन् । नेपालबाट आउने युवाहरु अधिकांश १८ देखि २५ वर्षसम्मका छन् । नेपालको सामान्य परिवारको मान्छे यहाँ आएको त्यति देखिदैन । मध्यम वर्गीयस्तरको नेपालीहरु यहाँ बढी मात्रामा आउने गरेका छन् । केही व्यक्तिहरुको बारेमा बुझ्दा नेपालमा ३–४ लाखको मोटरसाइकल चढेर हिड्ने मान्छे, घरमा आफुले खाएको भाँडा पनि आफुले नमाझ्ने मान्छे, यहाँ कोरिया आएपछि सबै आफैले गर्नुपर्छ । नेपालमा जस्तो सुविधामा बस्थे त्यो सोचाईबाट मुक्त भएर आउनुपर्छ । यहाँ काम गा¥हो छ । यहाँ आएपछि काम गर्नैपर्छ । यहाँ मालिकले पनि सँगै काम गर्छ । कामको लागि कोरिया त्यति सजिलो पक्कै हैन । तर काम अनुसारको पैसा पनि छ यहाँ । खाडीको मुुलुकको दाँजोमा यहाँ धेरै राम्रो कमाई हुन्छ । काम त खाडी मुलुकमा पनि ज्यान फालेरै गर्नुपर्छ नि । त्यहाँ पनि आत्महत्याका घटनाहरु भइराख्छन् । त्यसैले कोरियामा काम गा¥हो पनि छ, कामको लागि अपरच्युनिटी पनि छ र कमाई पनि निकै राम्रो छ ।
नेपालमा सुखसयलमा बसेका युवायुवतीहरु एक्कासी काम गर्न आउँदा यहाँको रहनसहन, यहाँको कामको खटाईलाई आत्मसात गर्न सक्दैनन् । त्यसको लागि नेपालमा नै सबै बुझेर आउनु पर्छ । र, नेपालबाट उनीहरुलाई पठाउनुभन्दा अगाडि कोरियाको यस्तो परिस्थिति छ भनेर अनुभव गराउनु आवश्यक छ । अर्कोतर्फ नेपालमा रहेको अभिभावकहरुले यहाँका कामदारहरुको दुःख गरेको परिस्थितिलाई बुझेर डिमाण्ड राख्नु पर्छ । फलानोले घर बनाइसक्यो, फलानोले काठमाडौमा जग्गा किनिसक्यो भन्ने जस्ता कुराहरु परिवारबाट आउने गर्छन । यस्ता तनावले आत्महत्या गर्ने गरेको पाइएको छ । त्यसकारण आत्महत्याको ९० प्रतिशत कारण भनेको घरायसी समस्याले हो भन्ने मैले बुझेको छु ।
परिस्थितिलाई बुझेर बढी कुराको माग गर्नुहँुदैन । यसले गर्दा पनि यहाँ काम गर्ने युवाहरुलाई मानसिक असर पर्छ । अर्को एउटा गम्भीर पक्ष भनेको कसैले भर्खरै विवाह गरेर आएका हुन्छन् । विवाह गरेर नेपालमा श्रीमती छोडेर आएको व्यक्तिहरुमा चिन्ता बढन् थाल्छ । मैले तीनचारवटा केशहरु यस्तै देखेको छु । त्यसैले यस्ता कुराहरुमा घरपरिवारले एकदमै ध्यान दिनुपर्छ । हामी आफै सचेत हुनुपर्छ । गत बर्ष हामीले काठमाडौबाट मेडिकल टिम ल्याएर आत्महत्याको विषयमा छलफल गरायौं, कम्पनीहरुमा गयौं, कामदारहरुलाई राखेर अन्र्तक्रियाहरु गरायौं । यस वर्ष पनि नेपालबाट डाक्टरहरुलाई ल्याएर अन्र्तक्रियाहरु गर्ने, जनचेतनाहरु फैलाउने लगायतका कार्यक्रमहरु गर्न गैरहेका छौं ।
कोरियामा नेपाली कामदारलाई सरकारले नै पठाउने गरेको छ । यहाँ कठोर कामका लागि मात्र नेपालीहरु आउनु प¥यो भन्ने जनगुनासोे छ । कोरियामा आउने भनेको पाखुरा वर्जान सक्नेले मात्र हो ?
म के कामका लागि आउँदैछु भन्ने कुरा आउने कामदारले पहिले नै जानकारी राख्नुप¥यो । गत साल ९० हजारले परीक्षा दिएकोमा यहाँ आउने भनेको ७ हजार मात्र हो । त्यत्रो ८० हजार बाट ७ हजारमा झर्दा पनि उनीहरुले भाषा पढ्दा होस वा तयारी गर्दा म के कामका लागि जाँदैछु भन्ने जानकारी त राख्न्ुप¥यो नि । कोरियामा आएपछि मैले कठोर भन्दा कठोर काम गर्नु पर्दछ, मैले बंगुर पाल्नुपर्दछ, कुखुरा फार्ममा काम गर्नुपर्दछ, हेभी मेशिनमा काम गर्नुपर्ने हुनसक्दछ भन्ने कुरा उतैबाट मेन्टल्ली तयार भएर आउनुपर्छ । यहाँ आउनेको लागि त यो धेरै अपरच्युनिटी पाएको हो नि । कोरिया जाने सपना देखेका ८० हजार मानिसबाट १० हजार मात्र आउँदैछन् । बाँकी मानिसको त सपना पुरा भएन नि । त्यो कुरा बुझिदिनुप¥यो साथीहरुले ।
त्यसकारण पहिले मैले गा¥हो काममा जादैछु, पाखुराले काम गर्न जादैछु, मैले काम गर्नुपर्छ र यसमा सफल भएर फर्कनु पर्दछ भन्ने कुरा मानसिक रुपमा तयार भएपछि मात्र आउनुपर्दछ । यसको लागि नेपालमै ट्रेनिङहरु दिएर होस् वा यस सम्बन्धी परिवारलाई पनि जानकारी गराउनुपर्दछ । हुन त अहिले पनि भैंसेपाटीमा टे«निङ हुन्छ । तर साइकोलोजिकल्ली पनि ट्रेन गर्नुपर्ने परिस्थिति छ । यसमा परिवारलाई पनि यस्तो प्रतिकुल परिस्थितिमा काम गर्ने कामदारलाई नचाहिने माग राखेर उनीहरुको दिमाग नखलबलाईदिनुस्, उनीहरुको बाध्यतालाई पनि बुझिदिनोस् भनेर बुझाउनु जरुरी छ ।
त्यही भएर नेपाली दूतावास र नेपाल सरकारले कामदारको परिवार नै कोरियामा ल्याउन पाउनु पर्छ भन्ने आवाज उठाएको हो ?
परिवारनै ल्याएर सधै भरी यतै राख्नुपर्छ भन्ने होइन, हामीले आत्महत्याको संख्या बढेको हुनाले उनीहरुको परिवारलाई १–२ महिनाको लागि कोरियामा ल्याएर उनीहरुका लोग्ने, छोराहरुले कसरी काम गर्दा रहेछन्, कतिसम्म दुःख गर्दा रहेछन् भन्ने कुरा बुझाउन खोजेका हौं । त्यो भए पछि उनीहरुको आत्मीयता अझ बढ्छ, समझदारी बढ्छ, यस्तो समस्या बुझे पछि डिमाण्डका कुराहरु पनि हुँदैनन् । त्यहाँ समस्याको बारेमा जानकारी पाएपछि उनीहरुको सम्बन्ध रहिरहन्छ । त्यसले गर्दा मानसिक तनाव कम हुन्छ । त्यही भएर हामीले परिवारलाई पनि ल्याउने मौका दिनुपर्दछ भनेर माग राखेका छौ । यो वास्तवमा हामीले दुतावासबाट गरेको प्रयत्न हो । यसको बारेमा भर्खरै हाम्रो दुवै तर्फबाट मिटिङ भएको थियो । त्यसमा हामीले कोरिया सरकारसँग यो कुरा राखेका छौं ।
इलिगल भएका छन् । केही कम्पनीका मालिकहरु खास गरेर कृषि क्षेत्रमा, त्यसमा पनि कृषि क्षेत्रमा काम गर्न आएका महिलाहरुको सन्दर्भमा यो कुराहरु हामीले पनि महशुस गरेका छौ । यि समस्याहरु हामीले मिटिङहरुमा पनि राखेका छौ । कतिपय नेपालीहरु कम्पनी छाडेर सेल्टर बसिरहेको पनि पाइयो । हामीले कुराहरु ग¥यौ । त्यहाँ के कुरा पायौ भन्दा अहिले कोरियामा तलब बढेको छ र काम गर्ने समय पनि घटाएर ५२ घण्टा मात्र बनाइएको छ । केही कम्पनीहरु बन्द हुँदै गइरहेका छन् । हामीले एउटै कम्पनी पटक–पटक बन्द भएर ३ जना दिदीबहिनीले दुख भोगेको पायौं । अब तेस्रो चोटी बन्द भएपछि उसले कामदार राख्ने कुरा भएन । त्यसपछि कम्पनी छोड्नु प¥यो । छोड्ने ईजाजत पनि पायो । तर भिषा बेगर अरु ठाउँ काम पाएको अर्थ रहदैन । त्यसपछि अब नेपालीहरुले नै खोलेको सेल्टरमा उनीहरु बसिरहेका छन् । अब त्यो तिन महिनाको बिचमा उनीहरुले काम पाए भने ठिकै छ नभए या त फर्किनुप¥यो या त इलिगल भएर बस्नुप¥यो । केही कम्पनीहरुमा कम्पनी मालिकहरुले पनि दुख दिने, फ्याक्ट्रीहरुमा बढी काम लगाउने, समयमा तलब नदिने, कुट्ने पिट्ने लगायतका घटनाहरु पनि आइरहेका छन् । ति पनि समस्या हुन् । त्यस्तो समस्या परेको बेला सिधै दुतावासलाई सम्पर्क राख्नुहोस्, हामीले यसको समाधानका लागि के गर्न सकिन्छ त्यो हामी गर्छौ भनेका छौ र गरीरहेका पनि छौ । कम्पनी परिवर्तनका कुराहरु, ईजाजत नदिएको र तलब नदिएको विषयमा पनि हामीले कम्पनीसँग डिल गरेर उनीहरुलार्ई राहत महशुस गराएका छौं ।
नेपाल र कोरियाबीच सम्बन्ध विस्तार गर्न दुतावासले के–के अरु काम गरिरहेको छ ?
दुई पक्षिय सम्बन्ध सुधारका कुराहरुमा हामी लागि नै रहेका छौ । मैले आउने वित्तिकै केही विषयमा सोचेर कामको थालनी गरेको छु । एउटा भनेको यहाँ पहिले देखि नेपालीहरुले आईतबार पनि दुतावास खोलिनुपर्छ भन्ने थियो जुन मैले जेठमा आउने बित्तिकै नेपालीहरुको पीर मर्कालाई बुझेर आईतबार पनि दुतावास खोल्ने निर्णय गरे जुन अहिलेसम्म चलिरहेको छ । त्यसले गर्दा १ दिन मात्र विदा पाउने कामदारहरुको समस्या समाधान भएको छ । त्यसपछि मैले रेमिट्यान्सको कुरालाई अगाडि बढाएको छु र यसमा अहिले ७÷८ वटा कम्पनीहरु प्रतिस्पर्धामा छन् । पहिले बैंकिङ च्यानलमार्फत ८/१० प्रतिशत रेमिट्यान्स पनि नेपाल भित्रिदैनथ्यो भने अहिले ५० प्रतिशत रेमिट्यान्स बैंकिङ च्यानलबाट नेपालमा भित्रिरहेको छ । हुन्डीको कारोबारलाई रोक्ने मेरो उद्देश्य थियो त्यसमा अहिले ५० प्रतिशत भन्दा बढी नै सफलता हासिल गरे जस्तो लाग्छ । तेश्रो भनेको दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउनको लागि अझै हाईलेबल पोलिटिकल भिजिट गराउने काममा लागिरहेको छु । यो मेरो कर्तव्य पनि हो र गराउनुपनि पर्छ ।
मलाई लाग्छ छिटो भन्दा छिटो हाईलेबल भिजिट नेपालमा गराउने अथवा नेपालबाट प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीलाई कोरियाको भिजिट गराउने किनभने कोरिया भनेको सबैभन्दा बढी नेपाली इपिएस सिस्टम मार्फत आएर काम गर्ने मुलुक हो । यहाँको राष्ट्रपति पनि नेपालमा टे«किङ गर्ने, भुकम्पको बेला सहयोग गर्ने र नेपाललाई एकदमै माया गर्ने हुनुहुन्छ । म आए पछि नेपालमा ईन्भेष्टको लागि बुसानमा सेमिनार पनि गराए, त्यस्तै टे«डको लागि पनि सेमिनार गराए । त्यस्तै पर्यटन प्रर्वद्धनका लागि बेलाबखत काम गरेका छौ ।
अन्त्यमा, कोरियामा आउन चाहनु हुने वा कोरियामा रहनुभएका नेपालीहरुलाई तपाई राजदूत भएको नाताले के भन्न चाहनुहुन्छ ?
म कोरिया बस्नुहुने सम्पुर्ण नेपालीहरुलाई के भन्न चाहन्छु भने जुन उद्देश्य बोकेर नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीबाट यहाँ आएका छौैं । हामीले यहाँ आएपछि आफ्नो जात, पार्टी, धर्म सबै एउटै हो भन्ने सोच्नुपर्छ । हाम्रो घर एउटै हो त्यो भनेको नेपाल । हामी सबै मिलेर जुन उद्देश्य पुर्तीका लागि हामी आएका हौं त्यो सफल गर्नुपर्छ भन्ने भावना सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीमा रहनुप¥यो । यहाँ आउने दाजुभाईहरुको दोहोरो जिम्मेवारी छ । एउटा कामको जिम्मेवारी र अर्को परिवारको जिम्मेवारी । यो दोहोरो जिम्मेवारीलाई कुनै भेदभाव नगरेर अथवा तेरो मेरो नभनेर आफ्नो काम सफल पारौ र सफल भएर नेपाल फर्किऔं र यहाँ सिकेको सीप र श्रमलाई नेपालमा गएर उपयोग गरौं । यहाँ आर्जन गरेको पुँजीलाई नेपालमा लगेर लगानी गरौं । भोलि नेपालमा पनि प्रगति होस् उन्नति होस् र गर्नुपर्छ भन्ने भावना हामीमा रहोस् म यही भन्न चाहँन्छु ।
source :Rojgarmanch
No comments:
Post a Comment