About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Sunday, September 30, 2018

देश छोडेर प्ररदेशीन लागेका युवाले लेखे मन छुने पत्र, “बा म निदाएको रैछु”

किसान को छोरो खेतिपाती गर्नु पर्ने म भौँतारिएर के–के गर्न पुगेछु ? कहिले राजनिती गरेँ ,कहिले नेता को चाकडी गरेँ, कहिले समाजसेवा गरें, कहिले ब्यापार गरेँ यति मात्र होइन आफु जन्मेको देशलाई निरन्तर माया गरिरहेँ । देशले म बाट पनि केहि आशा पक्कै पनि गरेहोला त्यो भन्दा बढी आशा देशबाट मैले गरेको थिएँ तर म भुलमा परेछु जानी नजानी गल्ती गरेछु किनकि म अजै निदाएको रैछु ।
गल्ती त मैले त्यो बेला गरेछु जुन बेला देशलाई माया गरें ,नेपाल आमा को असली छोरो बन्न खोजेँ ,सबैले समुद्र पारी लखेट्न खोज्दा नेपाल आमा को काख रित्याउन चाहिन,मनमा थियो नेपाल आमाकै काखमा रमाउँछु , उसले जस्तै मैले जानिन त्यो लाखको बिटो लाई माया गर्न ,उस्ले जस्तै मैले जानिन देश छोडेर पराई हुन , उसले जस्तै मैले जानिन घर घडेरी जोड्न ,उस्ले जस्तै मैले जानिन चिल्लो गाडी मा हिँड्न ,किनकी म देशभक्ती नेपाल आमा को छोरो एक होनहार देशप्रेमी । म भुलमा परेछु जानी नजानी गल्ती गरेछु किनकी म निदाएको रैछु ।
ठुलो आशा मनमा थियो संबिधान बन्छ, संबिधान बनेपछि देशले कोल्टो फेर्नेछ, यहाँ भ्रस्टाचार भन्ने कहीँ कतै हुँदैन, माओवादी शान्ति सम्झौता मा गैसक्यो अब हत्या हिँसा कतै हुँदैन, हिजो भ्रष्टाचार र बलात्कार गरेको आरोपमा माओवादी ले कति लाई यातना दिएको थियो अब यो पार्टी पनि सरकारको एक हिस्सा हुनेछ र भ्रष्टाचार ,बलात्कार निर्मुल पार्ने छ , युवा स्वरोजगारका कुरा आएका छन पक्कै युवाहरुले देशमै रोजगार पाउनेछन । नेपाल अब कमरेड प्रचण्डले भनेझैं स्विजरल्यान्ड बन्नेछ, किनकि म नेताको पछि÷पछि लागेर उनैको बोली मा बिश्वास गरेको मान्छे । फेरि म भुलमा परेछु जानी नजानी गल्ती गरेछु किन कि म निदाएको रैछु।
म सँगैको साथी ले बिदेशमा गएर करोडौं कमाइसक्यो ,म भने देशभक्ति भन्दा भन्दै लाखौं ऋणमा चुर्लुम्म डुबिसँके ,साथी ले पठाएको रेमिट्यान्सले नै आज नेता को भुँडी भरिएको छ ,उसले छुट्टि आंउदा नेतालाई एउटा घडी ल्याइदिएको रहेछ त्यसैले नेताज्यु पनि आज भोली उतै उ सँगै लिप्त भैरहेको देख्छु । उसैसँग डिस्को दोहोरी गएर मेरै कुरा काटेको देख्छु त्यसैले त आँफुले आँफैलाई धिक्कार्न मन लाग्छ किन कि म असल राजनिती गर्ने मान्छे , भुलमा परेछु जानी नजानी गल्ती गरेछु किन कि म निदाएको रैछु।
एउटा पार्टीको झण्डा बोकेर अर्को पार्टीको झण्डा बोक्ने आफ्नै छिमेकी माथी जाइलाग्ने म त्यतिखेर मैले सोचिन त्यो पनि मेरो छिमेकी हो दुःख सार्हो पर्दा काम लाग्छ भनेर । उ सँग निरन्तर लडिराखें , कहाँ को हो कहाँ को नेता लाई माथी पुर्याउनको लागी आफ्नै छिमेकी लाई शत्रु बनाउने म, उसैसँग पानी बाराबार गर्ने म कहिल्यै उ प्रती राम्रो सोचिन,बाटो मा उ हंड्दा खेरी कालो बिरालोले बाटो काटेझैँ सम्झने म कस्तो अन्धभक्त थिएँ म त्यो नेता र पार्टी भनेर , आज त्यो नेता चुनाव जितेर सांसद भवन मा रमाउँदै गर्दा मलाई त उस्ले भुसुक्कौ बिर्सिएछ बाटो मा भेट्दा भन्दै छ तपाईं को घर कहाँ रे, थुइक्क ?यो सब नाटक हो भन्ने मलाई थाहा भएन त्यसैले त म फेरि भुल मा परेछु जानी नजानी गल्ती गरेछु किन कि म निदाएको रैछु।
मेरो घर मुनि को ठुलो पाटाबाट मेट्रो रेल आउँनेछ ,त्यही मेट्रो रेल चढेर म बागलुङबाट बिहान बिरगंज गएर ब्यापार गरेर बेलुका आमा ले पकाएको आटो खान घर पुग्ने छु ,पहिला आकाश मा उडेर आउने मेरो दाई पनि पानी जहाज चडेर बिदेश बाट घर आउँछ , घर घर मा पाइपलाइन बाट ग्याँस बितरण हुन्छ , हजुरबा को सुरक्षा भत्ता अनि भाईको बेरोजगार भत्ता ले घर चल्छ ,दाइको कमाइ र मेरो कमाइ ले घर घडेरी जोडौँला , के थाहा मलाई यो सब चुनाव जित्न लाई गरिएको नाटक भनेर,त्यसैले त म भुल मा परेछु जानी नजानी गल्ती गरेछु किन कि म निदाएको रैछु।
ए, बा, अब यसरी हुँदैन मलाई बिदा दिनुस । म पनि त्यो डोनाल्ड ट्रंप को देश मा जान्छु , त्यो लाखको बिटोमा अब हामी पनि रमाउनु पर्छ ,त्यो साथी ले जस्तै हामी पनि आरसिसी घरमा बस्नु पर्छ , यसी वाला गाडी अब हामीले पनि चढनु पर्छ , त्यो नेता लाई घडी अब हामीले पनि दिनु पर्छ ।
बा,मलाई पकेट खर्च नदिने तपाईंले म फलानो संघसंस्थाको अध्यक्ष बन्छु भन्दा खोजेर ल्याएको ऋण तिर्नु परेन र बा ? तपाईंले अहिले सम्म राजनीति गर्दा लागेको ऋण तिर्नुपरेन र बा ? मैले ब्यापार गर्दा लागेको रिण तिर्नु परेन र बा ? दाइ दिदि अनि मेरो बिबाह गर्दा लागेको ऋण तिर्न परेन र बा ? साथी ले जस्तै मैले पैसा कमाउन परेन र बा ?हो बा ? म पनि साथी जस्तै स्वार्थी बन्न जानिन । त्यसैले त म भुल मा परेछु जानी नजानी गल्ती गरेछु किन कि म निदाएको रैछु ।
बा,म अब ब्युँझिएको छु, राजनीति गरेर मैले हाम्रा नेताज्युहरुलाई राम्रो सँग चिनेको छु आँफु माथी जानलाई कति सम्म गर्छन कति गिर्छन भनेर ,आफ्ना छोराछोरी लाई बिदेशका युनिभर्सिटीमा पढाएर हामीलाई यहाँ लडाएर आफुँ नेता बनेका छन । बा, मैले ब्यापार गरेर राम्रो सँग चिनेको छु आफन्तहरु ले हामीलाई कति साथ दिन्छन भनेर,यति सम्म गरेकी बा,अरु पसलमा सामान किन्ने अनि खाना खान म डेरा गरि बसेको कोठामा आउने हामीले उनको दुःख सुख मा सम्पुर्ण काम गर्दिनु पर्ने अनि हामीलाई उनीहरु सँधै प्रयोग मात्र गरिरहने हामी खुसी भएको उनीहरु देखी नसहने तर उनको खुसी मा सँधै हामी रमाउनु पर्ने ।
बा, मैले बुझिसँके यो देशमा कुनै शान्ति हुँदैन ,अजै पचास बर्ष सम्म पनि यो देश यस्तै हो , जब सम्म अन्तरास्ट्रिय राजनीति नेपालमा हाबी हुन्छ तेतिन्जेल सम्म देश को अवस्था नराम्रो सँग उथलपुथल हुन्छ । मलाई आशा अनि भरोसा छैन यहाँ कुनै हिटलर जन्मेला र देश बनाउला न आफुँ नै हिटलर बन्न सकेँ ।
बा,मलाई आशा छैन यो देश अव रबि लामिछाने र धुर्मुस सुन्तलीले बनाउने छन किनकि यो देश उनिहरुजस्ता महानब्यक्ति हरुको होइन , यो त गुण्डाराज गरेर सांसद बनेकाहरुको हो ,कालो धन जम्मा गरेर नेता पालेका हरुको हो, यो त लाखौं निर्मलाहरुलाई बलात्कार गर्ने बलात्कारिहरुको हो।लाखौं संगीन जिसि हरुलाई हत्या गर्ने हत्याराहरुको हो।
बा,हाम्रो सरकारलाई कुनै जिम्मेवारी छैन आफ्ना जनता कार्यकर्ता को , यहाँ सुरक्षा छैन दुःख गरि खाने कुनै नागरिक को ? हजारौं सुरक्षाकर्मीको घेरा भित्र बसेको राजपरिवार त सुरक्षित हुन सकेनन ,सुरक्षा छ त केबल उहि गुन्डाराज चलाउनेहरुको लाखौं निर्मलाहरुलाई बलात्कार गर्ने हरुको अनि कसरी जोगाउन सक्छु मेरी छोरी यहाँ का यौन पिपासुहरुबाट ।
यहाँ राष्ट्र सेवक बनेर असल र कर्तव्यनिष्ठा कर्मचारी बन्ने कसम खाएकाहरुबाटै लाखौं निर्मलाहरु बलात्कृत गर्ने अपराधी लुकाइन्छ ,बिमानस्थलमा बसेर तस्करीको धन्दा चलाइन्छ ,यिनीहरुबाट मैले के आश गर्नु,अब आत्म सुरक्षाको लागी बिदेशीनु बाहेक अरु कुनै विकल्प छैन ।
बा,यो सब बुझेर अब म यो देश छाड्ने बिचार गरेको छु ,अब म बिउँझिएको छु त्यसैले कुनै हिच्किचाहट नगरी मलाई आशिर्वाद संगै बिदा दिनुस म तल्लो बाटो हुँदै जान्छु त्यो सात समुन्द्र पारीको डोनाल्ड ट्रम्पको देश ।
भुवन कँडेल
हाल बागलुङ
हामीले यो जानकारी Tatopati बाट लिएका हौ ।

ईपीएस परीक्षा पास गर्ने सजिलो उपाय ( जानेकै राम्रो-सक्दो शेयर गरौ)

ईपीएस परीक्षा पास गर्ने सजिलो उपाय ( जानेकै राम्रो-सक्दो शेयर गरौ)

१. गतिलो इन्सिच्युट र प्रशिक्षक छान्नुस्
कोरियन भाषा तरिका लगाएएर पढ्ने र सिक्न खोज्नेका लागि यो छिचोल्नै नसकिने पहाड हैन । भाषा सिक्नका लागि कक्षा लिनु त अनिवार्यजस्तै छ । त्यसैले भाषा सिक्दा राम्रो इन्सिच्युट रोज्नु पनि विद्यार्थीको पहिलो बुद्धिमतापूर्ण निर्णय हुन्छ ।
दक्ष भाषा प्रशिक्षक र संस्थाको खोजी गर्नुपर्छ ।इन्सिच्युटमा कस्ता भाषा प्रशिक्षक छन् र यसअघि संस्थाको रिजल्ट कस्तो थियो भनेर सुरुमै खोजी गर्नुपर्छ । तोकिएको पाठ्यक्रममा पढाइ हुन्छ कि हुँदैन भनेर पनि याद गर्नुपर्छ ।
केहीइन्सिच्युटको नियत अहिले कमाउने मात्रै देखिँदा विद्यार्थीको समय र लगानी त्यसैखेर जाने पनि गरेको छ । त्यसैले उत्तम प्रशिक्षक भएको र पढाउँदा बढी प्राक्टिकलमा जोड दिने भाषा सिकाउने केन्द्रको पहिचान गर्नु विद्यार्थीको पहिलो काम हुन्छ । फेरि क्लासकै भरमा मात्रै भाषा परीक्षा पास भइन्छ भन्ने सोचियो भने त्यो मूर्खता हुन्छ । आफ्नो लगनशीलता नै त्यसपछिको मुख्य हतियार हो ।
२. बोल्नुस् , सुन्नुस्, युट्युब हेर्नुस्
कोरियन भाषामा ‘बाह्रखरी’ जस्तै सिक्नु पहिलो चरणको काम हो । त्यसपछि शब्दार्थ घोक्नतर्फ लाग्नुपर्छ । सुरु-सुरुमा शब्दार्थ नघोकी सुखै छैन । त्यसपछि भने अडियो सुन्ने र भाषा नै बोल्ने अभ्यास नै कोरियन सिक्ने सबैभन्दा सरल उपाय हो । भाषाका शब्दार्थलाई सम्झने वा घोक्नमा धेरै केन्दि्रत हुनैपर्छ । कोरियन भाषामा द्वीअर्थी शब्दहरुबारे पनि क्लियर हुनुपर्छ । कक्षामा पढेका विषयलाई बारम्बार दोहोर्‍याएर पढ्नुपर्छ । कोरियन भाषाका लागि परीक्षा आउनुअघिको दुई महिना सबैभन्दा महत्वपूर्ण हुन्छ । यो समयमा भाषामा निपुर्ण हुन सकियो भने पास गर्न निकै सहज हुन्छ ।
जुनसुकै समयमा पनि भाषा सिक्ने गरी तारतम्य मिलाउन सक्नुपर्छ । बसमा चढ्दा पनि कोरियन भाषाका मोबाइलमार्फत अडियोहरु सुनेर हिँड्नुपर्छ । टीभी हेर्दा पनि कोरियन फिल्महरु हेर्नुपर्छ । यसका लागि इन्टरनेटको पनि प्रयोग गर्न सकिन्छ । युट्युबमा पनि कोरियन भाषा सिक्ने विभिन्न भिडियो तथा अडियोहरु उपलब्ध हुन्छन् । कोरियन फिल्म तथा गीत सुनेर पनि भाषालाई सुधार्न सकिन्छ । अरुका अगाडि बोल्न लजाउनुभयो वा लुकाएर पढेर नै पास गर्छु भन्नुभयो भने तपाईं सफल हुन सक्नुहुन्न । तपाईं कोरियन भाषालाई जति धेरै दैनिकीमा प्रयोगमा ल्याउनुहुन्छ त्यो नै तपाईंको पास गर्ने धारिलो हतियार बन्ने छ । यसो गर्दा अरुलाई दिक्क चाहिँ नलागोस् भन्नेमा सचेत भने हुनैपर्छ ।
३. एप प्रयोग गर्नुस्
अहिले स्मार्टफोनमा मोबाइल एप्समार्फत पनि तपाईं कोरियन भाषा सिक्न सक्नुहुन्छ । कोरियन भाषाका विभिन्न एप्सहरु उपलब्ध छन् । त्यसलाई मोबाइलमा डाउनलोड गरेर सिक्न सकिन्छ । सबैभन्दा प्रभावकारी पनि यही नै हुनेछ । किनभने अभ्यासमा लागि यस्ता एप्सहरु निकै उपयोगी हुन्छन् । एपहरुमा विभिन्न किसिमका भाषा सिकाइका विधिहरु हुन्छन् । अभ्यासका लागि पनि त्यहाँ प्रशस्तै ‘कन्टेन्ट’ हुन्छन् । रमाइलो गर्दै भाषा सिकिने भएकाले यो गेम खेल्नुजस्तै हुनेछ ।त्यसैले यस्ता एप डानलोड गर्नुस् र फुर्सदमा यसमा रमाउनुस् । भाषा सिक्न यो निकै उपयोगी हुन्छ ।
४. साथीभाइ र आफन्तको सहयोग लिनुस्
धेरैले कोरियन भाषा परीक्षामा सबैभन्दा अप्ठेरो सुनेर चिन्ह लगाउनुपर्ने परीक्षालाई मान्छन् । पर्याप्त सुन्ने र त्यसलाई मनन गर्ने अभ्यास अत्यावश्यक हुन्छ । विशेष गरी उच्चारण ख्याल गर्न नसक्दा धेरै विद्यार्थीहरु यसमा चुक्छन् । तर, विभिन्न माध्यमबाट कोरियन भाषा बोलेको सुनियो र हेरियो भने विस्तारै त्यसमा अभ्यस्त भइन्छ । घरमै पटक-पटक परीक्षाको ट्रायल गर्ने गरेमा पनि निकै सहज हुन्छ । भाषा परीक्षाकै तयारी गरिरहेको अर्को साथीसँग पालैपालो भाषा बोल्ने, सुन्ने र परीक्षा दिने अभ्यास गर्नुपर्छ । यसले पनि निकै सहयोग पुग्छ । आफ्ना साथी भाइ, आफन्तसँग पनि भेट्दा सकेसम्म कोरियन भाषा बोल्न प्रयास गर्नुपर्छ । यसका लागि साथीभाइ र अन्यको सहयोग पनि माग्न सकिन्छ ।
५. परीक्षाको पूर्वयोजना बनाउनुस्
कोरियन भाषा परीक्षाको पद्दतिबारे पनि तपाईं अपडेट हुनुपर्छ । कुनै कन्फ्युजनहरु छन् भने पहिले नै हटाउनुपर्छ । त्यसैअनुसार तपाईंले परीक्षाको पूर्वयोजना बनाउनुपर्छ । कोरियन भाषा परीक्षामा सबै प्रश्न अप्सनसहित हुन्छ । दुई सय अंकको परीक्षामा ५० प्रश्न सोधिन्छ । २५ वटा प्रश्न पढेर र बुझेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ । प्रश्नको र उत्तरका लागि फरक-फरक सीट दिइएको हुन्छ । २५ वटा प्रश्नको भने अडियो सुनेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ ।
कोरियन भाषा परीक्षाको परीक्षामा ५० प्रश्नको उत्तर ७० मिनेटभित्रै दिनुपर्छ । यही नै सबैभन्दा चुनौतिपूर्ण हुन्छ । तर, धेरैले हतार गरे उत्तर दिने गर्छन् । हतारले भन्दा पनि परीक्षामा होसले काम लिनुपर्छ । हतारमा जानेकै प्रश्नको उत्तर पनि गलत भइदिन सक्छ । हतारमा लतारपतार हुन नदिन विद्यार्थी निकै सजग हुनुपर्छ । यसको मतलब डराउने हैन । अत्माविश्वास लिएर चनाखो हुने बानीको विकास गर्नुपर्छ । यो परीक्षामा उत्तर लेख्नु नपर्ने भएकाले धेरै हतार गर्नुपर्दैन । तर, समयको ख्याल भने गर्नैपर्छ । चित्र हेरेर र संकेत चिनेर लेख्ने प्रश्नहरुमा विशेष चनाखो हुनुपर्छ । कतिपय अवस्थामा उत्तर निकै सजिलो भए पनि परीक्षार्थीलाई साना कुरामा दिमाख लगाउन लगाइएको हुन्छ । त्यसतर्फ आफूले निकै ध्यान पुर्‍याउनुपर्छ । बोल्ने, बुझ्ने, सुन्ने र लगातार अभ्यास गर्नेलाई परीक्षामा कम्तिमा ४५ वटा प्रश्नको उत्तर मिलाउन ठूलो कठिनाइ पर्दैन । तर, यी कुनैमध्ये एउटा पक्षमा मात्रै कमजोर भए परीक्षा बिग्रन सक्छ ।
६. सम्भावित कन्फ्युनलाई अभ्यासले चिर्नुस्
त्यसैले यो भाषा परीक्षाको तयारीलाई ब्यवहारिक बनाउनुपर्छ । कण्ठ गर्नेले मात्रै भाषा परीक्षा पास गर्नै सक्दैन । भाषालाई सुनेर बुझ्ने अनि नहडबडाई उत्तर ‘क्याच’ गर्न सक्नु नै महत्वपूर्ण हुन्छ । अर्को महत्वपूर्ण कुरा, परीक्षामा प्रश्नको उत्तरको संरचना र बनोट लगभग एकै प्रकृतिको हुन्छ । विशेष ‘लिसनिङ’मा उस्तै उस्तै उच्चारण भएका शब्दसहित उत्तरहरु राखिन्छ । त्यसले नै परीक्षार्थीलाई धेरै कन्फ्युज गर्छ । त्यसैले त्यस्तै मोडलमा सुन्ने र बुझ्ने अभ्यास परीक्षा पूर्व नै मज्जाले गर्नुपर्छ । परीक्षामा हुन सक्ने कन्फ्युजनलाई अभ्यासबाटै चिर्नुपर्छ । यसका लागि भाषा प्रशिक्षकसँग सहयोग माग्न सकिन्छ । आइडिया लिन भाषा गुरुसँग समय माग्ने र पाएको समयमा त्यसलाई भरपुर उपयोग गर्ने गर्नुपर्छ । एउटै प्रश्नमा धेरैबेर अल्भिmनु पनि उपयुक्त हुँदैन । पछि समयको अभावले जानेको प्रश्नको उत्तर पनि बिग्रने खतरा हुन्छ ।
७. चिटिङको मानसिकता त्याग्नुस्
भाषा परीक्षामा छेउछाउमा बसेकाबाट चिटिङ गर्छु भन्ने मानसिकताले फेल मात्रै गराउँछ । कुनैपनि तरिकाले चिटिङ गर्छु भन्ने सोच्नुभएको छ भने त्यसलाई त्याग गर्नुभए हुन्छ । कोरियाकै मानव संशाधन विभागले परीक्षामा सीट सेटिङ गर्छ । एउटै ‘रो’ र बेञ्चमा बसेकालाई पनि प्रश्न नम्बर फरक-फरक पारेर प्रश्नपत्र वितरण गरिएको हुन्छ । समग्रमा एउटै प्रश्नहरु राखिए पनि प्रश्न नम्बरहरु फरक-फरक राखिएको हुन्छ । परीक्षामा पनि निकै कसिलो ब्यवस्थापन गरिएको हुन्छ । त्यसैले चिटिङको कुनै सम्भावना नै हुँदैन । यसैलाई आत्मसात गरेर परीक्षाको तयारी गर्नुपर्छ । कोरियाले कम्प्युटर प्रणालीबाट कपी जाँच्ने भएकाले कसैलाई आर्थिक प्रलोभनमा पारेर भाषा परीक्षा पास हुन सकिँदैन ।
८. काम र पढाइ नछाड्नुस्, ब्यवस्थापन गर्नुस्
भाषा परीक्षामा अहिलेसम्मको नतिजालाई केलाउने हो भने २३ देखि ३० वर्षसम्मका युवाले बढी भाषा परीक्षा पास गर्न सकका छन् । कुनै समयमा थोरै प्रश्न मिलाए पनि पास हुने अवस्था थियो । अहिले भने त्यो अवस्था फिटिक्कै छैन । त्यसैले तयारीलाई बेतोड गर्नुपर्छ । भाषा परीक्षा पास गर्ने धुनमा सबैथोक छाडेर लाग्नुपनि उपयुक्त होइन । भाषा परीक्षा पास भएका सबैले कोरिया जान पाउँदैनन् । त्यसैले आफ्नो काम र पढाईलाई ब्यवस्थापन गर्दै भाषा बढ्नुपर्छ । यसलाई छाडेर पढ्ने धेरैले पछि भिसा नआउँदा समस्या भोगेका छन् । लगातारको मिहेनत त पास हुनका लागि लागि आवश्य पर्छ नै, तर बुद्धिमतापूर्ण रुपमा भाषाको अभ्यास गर्ने र दैनिकीलाई नै सिक्ने अवसर बनाउने सीप भएकाहरुलाई पास गर्न बिघ्न अप्ठेरो पर्नेछैन ।

मलेसियामा महीनामा पन्ध्रलाख कमाउने नेपाली मजदूर

क्वालालम्पुर, मलेसिया । वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । 
तिनैमध्येका एक हुन्, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत छन् । क्षेत्रीय परामर्शदाताको रुपमा कार्यरत क्षेत्रीले महीनामा १६ लाखभन्दा बढी कमाउँछन्। इज्जतिलो काम र राम्रै कमाइका साथै उक्त होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै भाग्यमानीमध्ये पर्छन् ।
“इमान र इज्जतसँगै दाम पनि ठीकै छ, महीनामा तलब मात्र रु १५ लाख हुन्छ । यता उता गर्दा १८ देखि माथि पुग्छ ।” चेन होटल चीन, मलेसिया, सिङ्गापुर, ब्रुनाई, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, न्यूजील्याण्डमा गरेर ६२ वटा होटल छन् । क्षेत्रीले उक्त होटलेको एशिया विभाग हेर्छन् ।
शुरुमा चेन होटल सेराटनमा सेवा गर्नुभएका क्षेत्रीले लेजन होटल हुँदै अहिले ग्राण्डमा विगत सात वर्षदेखि कार्यरत छन् । होटल राम्रोसँग चलेको छ । नेपाली धेरै आउछन् । होटल क्षेत्रको १८ वर्षभन्दा बढीको यात्रामा उनी भन्छन्, यहाँ धेरै नेपालीहरूमा पनि राम्रो पदमा ठूलै कमाइ गर्ने साथीहरु हुनुहुन्छ । उहाँहरुसँग मिलेर नेपालमै केही गरौँ की भन्ने सोचाइ पनि छ ।” 
नेपालमै उच्च शिक्षा लिएका क्षेत्रीले मलेसियामा होटल व्यवस्थापनमा स्नातकोत्तर गरे। क्षेत्रीलाई पहिला पढ्नै पर्ला जस्तो लाग्दैनथ्यो अहिले काम गर्दै जाँदा शिक्षाको महत्व झल्किएको छ । “नेपालमा पर्यटनको भविष्य राम्रो छ किन नेपालीले अरुलाई कमाउन दिने हामी आफैँ लगानी गरेर प्रतिफल लिनसक्छौँ”, उनको भनाइ छ । 
कमाइसँगै रोजगारी पनि 
क्वालालम्पुरमा व्यवसाय गर्दै आउनुभएका व्यवसायी शङ्करप्रसाद आचार्य नेपाली रेष्टुराँ तथा डान्स् बार सञ्चालन गर्छन् । यहाँ नेपालीसहित भारत, चीन, इण्डोनेशियाका नागरिकले काम गर्छन् । व्यवसाय राम्रै चलेको छ, भविष्यमा नेपालमै आएर केही लगानी गर्ने सोच बनाएका आचार्य अनुकूल वातावरण सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने सुझाउँछन् ।
काठमाडौँका विपीन अम्गाई मलेसियाको सेलाङगोरमा रेष्टुराँ चलाउँछन् । शुरुमा चारवटा रेष्टुराँ र एक मिनिमार्केटसमेत चलाउनुभएका उनको हिमाल रेष्टुराँमा नेपालीकै घुइँचो हुन्छ । यो क्षेत्रमा उनीजस्तै अन्य सात जनाले व्यवसाय गर्छन् । नेपालीले रेष्टुराँ व्यवसाय गर्दा कम्तीमा मलेसियन रिङ्गेट एक लाख लगानी गर्नैपर्छ । नेपाली तथा केही विदेशी गरी ३० जनालाई रोजगार दिलाउनुभएका उनी शुरुको जस्तो राम्रो व्यवसाय नचलेको बताउँछन् । 
सिन्धुली खुर्कोटका देवीबहादुर चौहान विगत तीन वर्षदेखि होटल ग्राण्डमा काम गर्छन्। हाल १३ नेपाली कार्यरत उक्त होटलमा कम्तीमा मलेसियन रिङ्गेट १८ सयदेखि २५ सयसम्म कमाइ हुन्छ । काम सजिलै छ । काम लगाउने नेपाली नै भएकाले कुनै समस्या छैन । अझै एक दुई वर्ष बस्ने योजना सुनाउँदै चौहानले भन्छन्, “समग्रमा यहाँ काम गर्ने सामान्य कर्मचारीले महीनाको एक लाख जति कमाइ गर्छन् ।” 
क्षेत्रीजस्तै माथिल्लो पदमा काम गर्ने स्ट्याण्डर चाटर्ड बैंकका देशीय प्रमुखमा एक नेपाली हुन् भने क्वालालम्पुरको टुइन टावरको मुख्य इञ्जिनीयरमा दिनेश पौडेल कार्यरत छन् ।
मलेसियामा प्रतिष्ठित कम्पनीमा माथिल्लो तहका काम गर्ने मात्र हैन यहाँका विभिन्न कम्पनीमा काम गर्ने नेपाली मजदूरले पनि राम्रो कमाएर प्रगति गरेका छन् । यहाँको फम कम्पनीमा पाण्डे अप्रेटरको रुपमा काम गर्छन्। कम्पनीमा दुई हजारभन्दा बढी नेपाली र बङ्गालीमध्ये २०० नेपाली नै छन् । यो कम्पनीमा लामो समयसम्म काम गरेकाले महीनामा रु दुई लाख पनि कमाउँछन् । कम्पनीभित्र केही समस्या छैन पर्याप्त सुविधा छ । बाहिर निस्कँदा भने चोरको खतरा हुन्छ । 
सुनसरी इटहरीका एमडी अमदाज मलेसियाकै जोहरबारुको एक गार्मेन्टमा काम गर्छन्। काम राम्रो चलेका बेला महीनामा आरएम २५ सय देखि २९ सयसम्म कमाइ हुन्छ । कम्तीमा पनि दुई हजार हुन्छ । कम्पनीभित्र कुनै समस्या छैन। करीब १८ सय मजदूर रहेको उक्त कम्पनीमा नेपाली मात्रै एक हजारको सङ्ख्यामा कार्यरत छन् । नेपाली धेरै भएकाले काममा पनि रमाइलो हुने अमदाजको भनाइ छ । विश्व पर्यटनको आकर्षणको रुपमा रहेको मलेसियाको सरकारी तथ्याङ्कअनुसार सन् २०१७ मा तीन करोड ५९ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२० मा तीन करोड पर्यटक पु¥यउने मलेसियाको लक्ष्य रहेको बताइएको छ । रासस

जानिराखौ कुन राशिमा पर्ने व्यक्तिको स्वभाव कस्तो ?

ज्योतिषशास्त्रमा १२ वटा राशिको विधान पाइन्छ । प्रत्येक राशिको आफ्नै बलियो र कमजोर पक्ष छन् । मान्छेको विशिष्ट गुण, इच्छा, जीवन र अर्को मान्छेप्रतिको दृष्टिकोणलाई राशिले निर्धारण गर्छ । राशिहरूको आधारभूत विशेषतालाई जान्दा मान्छेको बारेमा जान्न धेरै सजिलो हुन्छ ।
सबै १२ राशि एक विशिष्ट राशि तत्व अन्तर्गत पर्दछन् । जम्माजम्मी चारवटा राशिचक्र तत्व हुन्छन् : वायु, अग्नि, पृथ्वी र जल । यी सबै तत्वले हामीभित्र कार्यरत ऊर्जालाई प्रतिनिधित्व गरेका हुन्छन् । ज्योतिषको लक्ष्य भनेको यी ऊर्जाको ध्यान हामीभित्रका सकारात्मक पक्षमा केन्द्रित गर्नु हो । यसमार्फत हामी आफ्ना सकारात्मक गुणलाई झन् प्रस्टसँग जान्दछौं र नकारात्मकतासँग लड्दछौं ।
राशिचक्र तत्वले आधारभूत चरित्र, गुण, भावना र सोचमा गहिरो प्रभाव पार्छन् ।
जल राशि
जल राशिमा जन्मेका मानिस भावनात्मक र अति संवेदनशील हुन्छन् । उनीहरू सरल हुनका साथसाथै रहस्यमयी पनि हुन्छन् । यिनीहरूको सम्झना शक्ति प्रबल हुन्छ र गहिरो कुरा गर्न रुचाउँछन् । आफ्नो आलोचना खुल्ला रूपमा गर्छन् र प्रियजनलाई सहयोग गर्न तम्तयार रहन्छन् । जलराशि हुन् : कर्कट, वृश्चिक र मीन ।
अग्नि राशि
अग्नि राशिका मानिस भावुक, गतिशील र मनमौजी पाराका हुन्छन् । उनीहरूलाई चाँडो रिस उठ्छ तर उनीहरू तत्कालै माफी माग्ने वा दिने गरिहाल्छन् । उनीहरूमा विशाल ऊर्जा हुन्छ र उनीहरू साहसी हुन्छन् । शारीरिक रूपमा बलियो र अरूलाई प्रेरणा दिने खालका हुन्छन् । काममा तयार, बुद्धिमान, जागरुक, रचनात्मक र आदर्शवादी हुन्छन् । अग्नि राशि हुन् : मेष, सिंह र धनु ।
पृथ्वी राशि
पृथ्वी राशिका मानिस धर्तीसँग जोडिएका हुन्छन् । उनीहरू रूढिवादी र यथार्थवादी हुन्छन् तर धेरै भावुक पनि हुन्छन् । विलासितामा रमाउने र भौतिक कुरालाई प्रेम गर्ने यिनीहरूको स्वभाव हुन्छ । उनीहरू व्यावहारिक, इमान्दार र स्थिर हुन्छन् र कठिन समयमा साथ दिने खालका हुन्छन् । पृथ्वी राशि हुन् : वृष, कन्या र मकर ।
वायु राशि
वायु राशिका मान्छे अन्य व्यक्तिसँग संवाद गर्न तथा सम्बन्ध बनाउन रुचाउने खालका हुन्छन् । उनीहरू मित्रवत्, बौद्धिक, मिलनसार, विचारवान् र विश्लेषणात्मक हुन्छन् । दार्शनिक विचार विमर्शमा भाग लिन, सामाजिक समारोहमा जान र राम्रो किताब पढ्न यिनीहरू मन पराउँछन् । यिनीहरू अर्कालाई सल्लाह दिन मन पराउँछन् र सतही पनि हुन सक्छन् । वायु राशि हुन् : मिथुन, तुला र कुम्भ ।
एस्ट्रोलोजी जोडियाक साइन्स डट्कम

बेलायती महारानी एलिजाबेथ को सुरक्षा मा गोर्खाली सेना


क्याप्टेन ललित गुरुङ्ग र क्याप्टेन गणेश तामाङ्ग यतिखेर बेलायती महारानी एलिजाबेथ दितीयाको सुरक्षा मा खटिएको छन । ६,६,२०१८मा सिङगापुर मा भएको उतर कोरीयाली राष्ट्रपति किम जोङ उन र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको एतिहासीक सिखर संम्मेलनको बिषेस सुरक्षाको लागी पनि गोर्खालिहरुले नै महत्वपर्ण भुमिका निर्बाह गरेको थियो । हामीलाई ,यस्तोे ईमान्दर र क्षमतावानभएका भनेर बिश्बले चिन्दछ ।
एबिराज आङ्देम्बे
रिटार्ड सिङापुर , पुलिस, समाजसेबी, उधमी,
एबिराज स् जिन्दगी एउटा यात्रा हो तपाई जति अगाडी बढ्नुहुन्छ, आफनो पाइलाहरु अगाडी बढाउन चाहनुहुन्छ, तपाई त्यति अगाडी बढनुहुन्छ । तपाई तर जहाँ बस्नुहुन्छ त्यहाँबाटअगाडि बढ्न चाहानु हुदैन भने तपाईका जिन्दगीे त्यही जम्छ । तपाईलाई कसैले अगाडि बढाउदैन ।त्यहि अन्त्य हुन्छ ।
एबिराज स् बावाले आफै इन्डियन आर्मीमा हुदा भन्नुहुन्थ्यो भर्ती जानुहुदैन, राम्रो पढनुपर्छ है छोरा । पढनुपर्छ भन्नु हुन्थ्यो । त्यसो भन्दा भन्दै पनि आर्थिक रुपमा अगाडी बढनुपर्छ , भर्ती हुनुपर्छ, पैसा कमाउनुपर्छ भनेर बाल्यकालको त्यो परिभेषको अभाबहरु र कठिनाइहर्रुले सिकाएको थियो मलाई । साथीहरु आफु लाहुरे भएर राम्रो कपडा, सान, ईज्जतसग आएको त्यो दृष्यले ममा एक प्रकारको गहिरो छाप मस्तिकष्समा छोडेको थियो । भर्ती हुनु सजिलो थिएन तिन, चार ठाउँछनोट हुनुपथ्र्या । गाउँमा ,जिल्लामा र अञ्चल हुदै त्यसपछि धरानमा अनि पोखरामा नेपालको सबई ठांउको छनोट हुन्थ्यो। सजिलो कहा थियो र । त्यहि पनि फोर्स गर्नुपर्छ भनेर सधै त्यसमा लागि रहे म ।हरेक कुरामा सफलता प्राप्त गर्न डाईहाडनेस्, प्रतिबध्ता, तत्परता चाहिं चाहिन्छ । र म मा त्यो थियो । मैले भर्ती भएर कसम खाने वेलामा मैलै महसुस गरेको थिए कि मान्छेले बाध्यताको खाडल पुर्नको लागी केही गुमाउनु पर्नै हुन्छ भन्ने सोचले गर्दा मैले त्यो हृदय चिर्ने कसमलाई पनि स्वीकारे ।
एबिराज स् जुनवेला मैले सिगापुरलाई टक्क टेके संकलप गरे की मैले सर्वप्रथम आफनो व्यवहार वनाउनुपर्छ । आफनो व्यवहार बनाएपछि समाजमा लम्किनुपर्छ । समाजमा अगाडी बढेपछि देशको लागी सोच्नुपर्छ । त्यही सोच मेरो जिबन जिउने ˚िलोसो˚ि भयो । त्यो दर्शन लाई मेलै पछ्र्याए । सिगापुरको अर्कै परिवेशमा, मस्तीस्क नै परिबर्त भएर गयो । को प्रथम को दोस्रो । प्रतिस्प्रर्धा । के पा्रईज । अवस्य हो, सिगापुरमा राम्रो खानलाउन पाइन्छ । प्रत्येक दिन परिकार परिकारको फेरीफेरी खान त मिठो मिठो पाईन्छ । जिबनमा नसोचेको पैसाको धुकुटी माथि उभिन र डिउटिहरु गर्ने मौका पाइन्छ । यस जिम्मेबारीमा गर्व पनि महसुस हुन्छ । जिबनमा कल्पना नगरेको सम्मान, बिस्वास पाईन्छ ।मात्र यो सम्भब भो ’cause विश्वास जितेको थियो त्यो पुर्खाले, गोर्खालिहरुले। पुर्खाहरु मर्न त मर्यो तै पनि ईमान्दार र विर गोर्खालीको ईमेज र नाम राखेरै मर्यो जो बाचिरहेको छन उनिहरुले पनि त्यो सम्मान कायम राखिरहेको छन। बेलायतमा क्याप्टेन ललित गरुङ्ग र क्याप्टेन गणेश तामाङ्ग यतिखेर बेलायती महारानी एलिजाबेथ दितीयाको सुरक्षा मा खटिएको छन ६,६,२०१८मा स सिङगापुरमा भएको उतर कोरीयाली राष्ट्रपति किम जोङ र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको एतिहासीक सिखर संम्मेलनको बिषेस सुरक्षाको लागी पनि गोर्खालिहरुले नै महत्वपर्ण भुमिका निर्बाह गरेको थियो । त्यस्तोे क्षमताभएका ईमान्दर भनेर हामीलाई बिश्बले चिन्छ ।
एबिराज स् मैले सिंगापुरको लोभलाग्दो अबसरहरु, जिबन सैली,त्यागेर नेपाल फर्के जसको लागी हजारौ युवाहरु मरिमेटछन र्। यसमा केहि कारणहरु छन् । म एबीराज आङदेम्वे। सिंगापुरमा कसैले चिन्दैन आफनो गाउँबाट चिठी आउँदा मात्र थाहा हुन्छ नाम र नम्बरको म्यचि¨बाट १७ वर्ष सम्म मेरो पहिचान अंकहरु र नम्बरहरुमा सिमित थिए। १७ वर्ष सम्म म १४५३५ थिए । बिषेष त अर्का देशको राष्ट्रि«यताको लागी लड्नु त्यो पनि अर्काको देशमा, अर्काको हातमा, अर्काको हुकुमको भरमा जिन्दगी बिताउँदा। । अर्काले सिटी बजाएर कुदाएको , उठ भन्दा उठ, कुद भन्दा, घोप्टो पर भन्दा घोप्टो परनु पर्छ । आफनो भन्ने केही हुँदैन जिन्दगी मात्र अर्काको हातमा हुन्छ । अर्काको ईसाराहरुमा । अर्को कुरो आफनो थातथलो, आफु जन्मिएर हुर्कीएको ठाउँलाई लात हानेर आफनो अस्तीत्व, पहिचान नै नहुने अर्काको देशमा म मर्न पनि तयार किन हुनु । आखिर किन । किन लोभिनु । त्यसैले म नेपाल फर्किए ।
एबिराज स् मेरो सन्तानहरु पनि भर्ती नलागोस जस्तो लाग्छ । उनिहरुले जवान भए पछि मानसिक रुपमा यो देशको लागी आ˚ैले केहि गनुपर्छ भन्ने सोचोेस् । त्यसको लागी पनि मैले बाटो बनाइदिने प्रयासमा छु । म एउटा समाज सेवी, व्यापारी, राजनितिको बाटो अगाल्नुको कारण पनि त्यहि हो । तर मेरो छोराले पनि भर्ति हुने इच्छाले गर्यो भने त केही छैन । उस्को आ˚नै स्वतत्रता हुनेछ । त्यसैले म जहिले जति ब्यस्त भए पनि प्रत्येकशनिबार बिहान ७ बजे छोरा छोरीलाईे एक घण्टा दिन्छु । सम्झाउँछु । कहिले ज्ञान, सुभाबहरु,समाजिक सम्बन्धमा, डिसिप्लेनको ’boutमा, कहिले व्यपारको लाई˚ को वारेमा लेसनहरु दिन्छु । भोलि गएर यसलाई पक्ष्याउनु वा नर्कानु उनीहरुको कुरा हो तर म मरेर गए पनि पछि कुनै न कुनै दिन उसले मैले दिएको ज्ञानको कुरा बुझनेछ र बुझेर अघाडि बढोस् भन्ने मेरो हृदय दैखि नै चाहाना छ
एबिराज स् जब एक मान्छेलाई आधारभुत आबस्यकताहरु गास, बास कपास को चिन्ता बाट मुत्त हुन्छ तब उस्ले समाज, देशका को ’boutमा केहि सोच्ने र देश समृद बनाउँन तत्पर हुन्छ । यो सहि मानसिकता र सकरात्मक सोचले मात्र यो संभव छ । अर्को, मनिसको जिबनमा एक क्षण सबैलाई आउछ जस्तो लाग्छ कि उस्ले आफ्नो ब्यातिगतसाघुरो सोच भन्दा फराकिलो बृहत समाज र देशको हित ’boutमा सोच्दछ । म त्यहि भाबमा बाचिरहेको छु ।
सिधा र ईमान्दारी भएर भन्दा तपाईले समाज र देशको लागी केहि गर्न अघि तपाईको आधारूभुत कराहरुको परिपूर्ती हन जरुर छ। तर अपर्यात्त अबस्था मा तपाई गरेको सेबा पनि अपुर्ण हुन्छ अनि त भ्रष्टचार मौलाउछ । अर्को कूरा यो पुजिबादको समय हो। आर्थिकरुपमा स˚लताको बिकल्प अरु केहि छैन । त्यसैले ब्याबसाय एक सहि बिकल्प हो। म एक उधमी हो । म जहिले पनि नया नया अवसरको खाजीमा रहन्छ ताकी ति अबसरहरु अरुलाई सेयर गर्न रुचाउछ । मैले सत्र बर्ष सिगापुरमा रहदा त्यहा धेरै नौलो कुराहरु अनुभबहरु सिके त्यसलाई तालमेल मिलाउदै मैले आफनो अमुल्य समयलाई सदपयो गर्न म ब्यावसायमा होमिए ।
एबिराज स् कतै पढेको थिए । एक पटक शंकर लामीछानेले महाकवी लक्ष्मी प्रसाद देबकोटा गुरुलाई सोधेछन साहित्य र राजनितिकको समाजमा योगदान ’boutमा । देबकोटा भन्नूभए छ कि साहित्य र राजनिती को मूूलभत उधेस्य एकै हो समाजको पुरातन र यथास्थीती सोचलार्ई परिबर्तन गर्नु हो । हाम्रो समाजमा सयौ बर्ष देखि उत्पीडन भोग्दै आएको समुदाय देख्दा मलाई पिडा हुन्छ । हाम्रो जाति , समुदाय जस्को भाषा , लिपी र पहिचानहरु लोप हुदैे छन । त्यो देख्दा पिर लाग्छ। भनाईमा हामी साझा लुवारी तर ब्यबाहारिक रुपमा केहि जाति र पहिचानको मात्र हाली मुहाली छ । हजारौबर्ष लाएर बिकसित गरिएको भाषा , लिपी र पहिचानहरु संकटमा परिरहेको छ । यसको लागी संबिधान मुख्य कुरो हो । लेखिएको संबिधानलाई पुर्ण ब्याबाहारीक रुपमा अहिलेको लोकतान्त्रीक गणतन्त्र सरकारले सबैको हक अधिकार सूनिस्चित हुने गरि लागू गर्नू को बिकल्प छैन। त्यो आवाज र दबाब स्वरुप म यो राजनीती संर्घषमा उत्रैको हु ।
हामीले यो जानकारी Nepalonlinetv.com बाट लिएका हौ ।

प्रतिबन्ध कायम रहे निशस्त्रिकरण प्रक्रिया टुंगिन सक्दैन :उत्तर कोरिया

न्यूयोर्क: उत्तर कोरियाका विदेश मन्त्री रि योङ होले अमेरिकाले उत्तर कोरिया माथि प्रतिबन्ध लगाइ रहेको अवस्थामा आफूहरु पूर्ण निशस्त्रिकरणका पक्षमा रहन नसक्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा बोल्दै होले प्रतिबन्धहरुले अमेरिका प्रति विश्वास गर्ने वातावरण नरहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमसँग छिट्टै दोस्रो वार्ता हुन सक्ने बताएका बेला उत्तर कोरियाली मन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। 
उत्तर कोरियाले पटकपटक अमेरिका र संयुक्त राष्ट्रसंघलार्इ प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको छ। रसिया र चीनले समेत उत्तरको यो मागको समर्थन गर्दै आएका छन्।
तर ट्र्म्प प्रशासनले भने उत्तर कोरिया पूर्ण रुपले निशस्त्रिकरणको पथमा अग्रसर नभएसम्म प्रतिबन्ध नहटाइने बताउँदै आएको छ।
ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १२ मा सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्तामा कोरियाली प्रायद्वीपलार्इ पूर्ण निशस्त्रिकरण गरिने सम्झौता भएको थियो। तर त्यसको कुनै मिति र प्रक्रियाहरुका बारेमा केही उल्लेख गरिएको थिएन। 
रिले अमरिकाले ‘निशस्त्रिकरण पहिला’ नीतिलार्इ धेरै जोड दिइरहेको बताउँदै त्यसले प्रतिबन्धको स्तर बढेको प्रतिक्रिया दिएका छन्। अमेरिकाको यो व्यवहारले विश्वास निर्माण हुन नसकेको उनले बताए। 
उनले भने ‘अमेरिका प्रति विश्वस्त नभइ हामी हाम्रो राष्ट्रिय सुरक्षा प्रति निर्धक्क हुन सक्दैनौं। त्यस्तो परिस्थितिमा पहिला नै हामी निशस्त्रिकरण तर्फ उन्मुख हुन सक्दैनौं। प्रतिबन्धबाट हामीलार्इ झुकाउन खोज्नु उनीहरुको सपना हो। उनीहरुले हामीबारे अन्जान छन्।’
अगस्टमा राष्ट्रपति ट्रम्पले अमेरिकासँगको व्यापारिक युद्धका कारण चीनले उत्तर कोरियासँगको निशस्त्रिकरण प्रक्रियालार्इ कमजोर बनाउन खोजेको आरोप लगाएका थिए।
केही हप्ता अघि मात्र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाको भ्रमण गरी किम निशस्त्रिकरण प्रति प्रतिबद्ध रहेको बताएका थिए। यस्तै ट्रम्प र किम चाँडै वार्ताका लागि बस्ने बताएका थिए।
हामीले यो जानकारी Pahilopost लिएका हौ ।

Friday, September 28, 2018

Ccvi List Regular Workers On 28 September 2018


6172LAWATI AMAR BAHADUR1990/12/21MaleICBE18005159JUSIKOESABUGANGNAENGYEOLManufacturing2018/10/03
6173SHERPA DAWA1977/07/08MaleICBE18005156EMKEIIAENJIManufacturing2018/10/03
6174DAHAL SITARAM1977/07/20MaleICBE18005157EMKEIIAENJIManufacturing2018/10/03

Employment Contract on 28 September 2018


6350THAPA VISHAL1986/05/25MaleTULSIPUR, 01 KARAHIYA, RUPANDEHI2018/10/03
6351KHADKA LAL BAHADUR1984/08/29MaleBANETHOK 8 SYANGJA2018/10/03
6352GAUTAM CHUDAMANI1989/05/14MaleLWANGGHALEL-05,KASKI2018/10/03
6353KHAREL JYOTI KUMAR1987/04/15MaleKECHANA05AMARADAHA,MORANG 2018/10/03
6354KHATRI BISHNU BAHADUR1990/06/16MaleSHIVAPUR 4 RUPANDEHI2018/10/03
6355MAHATO HEMRAJ1988/08/21MaleNAWALPARASI2018/10/03
6356SUBBA BHUWAN1989/01/19MaleGAURADAHA-04,JHAPA2018/10/03

Thursday, September 27, 2018

चौथो लट issue सम्बन्धी बिवरण

HRD KOREA ले 2018 को सुरुवातीमा चौथो लटको लागी उत्पादन समुह तर्फ ६५००र कृषि तर्फ ६५० कोटा (१६ देश ) भनेर प्रकाशन गरेको थियो ।तर २०१८/०९/१८ मा चौथो लटको issue मिती सम्बन्धी बिवरण ।

www.epsnewsnepal.com


Tuesday, September 25, 2018

PROPOSED FLIGHT OF CW ON 10TH OCTOBER, 2018


तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७५ अश्विन २४ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालिका) मिति २०७५ अश्विन १७ गते बेलुकासम्ममा प्रकाशित गरीनेछ । उल्लेखित Comitted व्यक्तिहरूले तुरुन्त क्षयरोग परीक्षण गर्न र CCVI फाराम नभरेका ब्यक्तिहरूले यथाशिघ्र छिटो इ पि एस कार्यालयमा आइ CCVI फाराम भर्नुहुन समेत जानकारी गराइन्छ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ ।
No.Company Name (English)NameGenderDate of BirthPossible Departure DateRemarks
1PAKGWANGSINDAHAL KUMODM11/24/19862018/10/10
2PAKGWANGSINTHAPA KHAM BAHADURM10/22/19862018/10/10
3JEONG KEONG HUNNEUPANE SUNILM6/24/19912018/10/10
4JUNARAPANNELPAUDEL RUMARAJM10/22/19872018/10/10
5JUNARAPANNELSHRESTHA SANKRODH LALM5/11/19902018/10/10
6(JU)DAEDONGTIESEU(TS)PAUDEL GEHANATHM2/3/19842018/10/10
7(JU)DAESEONGDIAENEPEUDHAKAL NABARAJM6/5/19842018/10/10
8DMT.LIMGAUTAM CHANDRA PRASADM5/21/19902018/10/10
9SAM WOO ENIBHATTA SURESHM10/29/19862018/10/10
10SAM WOO ENISINGH RANJIT KUMARM4/28/19872018/10/10
11(JU)SEMYEONGGYEONGGEUMSOKSAPKOTA BHARATM10/15/19912018/10/10
12(JU)SINANPIAENSSIGHARTI JHAK BAHADURM8/26/19872018/10/10
13(JU)UJEONGTONGSANGTHAPA RAM SHARANM1/25/19902018/10/10
14(JU)UHYEONPIENTIGYALCHHEN NGIMAM6/25/19892018/10/10
15(JU)UHYEONPIENTIRAI DIPENDRA KUMARM3/23/19892018/10/10
16(JU)INUAIENSSIBHATTARAI BINODM6/19/19902018/10/10
17CHOKANGGOLE LAMA JIVANM1/13/19902018/10/10
18TECH ONEPUNWAR SHYAM BAHADURM11/12/19892018/10/10
19(JU)HANGUKTIEMESEUARYAL NABARAJM11/3/19902018/10/10
20(JU)HANGUKTIEMESEUPAUDEL SHARAD CHANDRAM10/27/19892018/10/10
21(JU)HANGUKTIEMESEURIMAL PRASHANTAM3/17/19932018/10/10
22(JU)HANJINJEONGGONGPURJA BHAKTA BAHADURM8/17/19842018/10/10
23HYEONJINGEUMSOKB K SURYA BAHADURM11/15/19892018/10/10
24HYUNJIN AD SANUPLAMA PRABINM3/11/19902018/10/10
25HYUNJIN AD SANUPSHERPA PASANG DAWAM7/30/19892018/10/10
26YHGEUMSOKADHIKARI KESHAB RAJM12/1/19912018/10/10
27GONGJINKUMSOKBHANDARI SURYAM10/21/19772018/10/10
28GONGJINKUMSOKTAMANG INDRA MANM11/16/19822018/10/10
29GUKJECONCEURITEUSARU BHUPENDRA KUMARM12/29/19892018/10/10
30DAEYEONGTEKEUJUSIKOESASITAULA SHANKARM6/13/19862018/10/10
31DONGBANGPAEKIJIGURUNG BIKASHM2/11/19912018/10/10
32DONG SEONEUPANE KESHAV RAJM12/11/19872018/10/10
33DONG SEOGURUNG PRATEEKM10/26/19872018/10/10
34DONGSHINMAHAT SHIVAHARIM11/11/19862018/10/10
35DONYOUNGSUJIGONGEOPSASHARMA DIL PRASADM12/20/19892018/10/10
36HONG HYEONOKOLI SHER BAHADURM12/25/19812018/10/10
37MYOUNGSUNGUPRETY KAMAL PRASADM1/25/19862018/10/10
38MYOUNG JIN PRINTINGTAMRAKAR NIJUF1/7/19822018/10/10
39SAMWOO GEUMSOKBALAYAR RAMESH BAHADURM1/25/19832018/10/10
40SEONGWOO INDUSTRYGAUTAM RAM KRISHNAM7/21/19892018/10/10
41SEONGWOO INDUSTRYGURUNG SURESHM12/14/19892018/10/10
42SINCHEOLLISAIKEULLINGRAI DIPAKM1/15/19872018/10/10
43SSIAREIPAIPINGKORIA(JU)POHANGJIJEOMTHAPA MAGAR BINODM10/19/19912018/10/10
44JEONGHANSANUPBUDHA JAGATM8/22/19922018/10/10
45DAE SIN CO.PANDEY JIVAN KUMARM9/29/19772018/10/10
46JUSIKOESAYURIMAKEURILGURUNG TANKA PRASADM9/30/19752018/10/10
47JUNGWONKARKI BUDDHI KUMARM10/1/19792018/10/10
48TONGILHT.COMPANTHA DEEPAK BABUM9/8/19872018/10/10
49HANGUKBIOJENKARKI JAGADISHM6/30/19882018/10/10
50HAN KUKMAGAR KSHETRA BAHDURM6/4/19852018/10/10
51HAN KUKSHERMA MAN BAHADURM12/27/19802018/10/10
52HANBACKGURUNG RAJ KUMARM1/9/19912018/10/10
53HANBACKTHAPA SARU MAGAR JEET BAHADURM12/17/19822018/10/10
54HANWULMAHARJAN SHAILENDRAM1/15/19892018/10/10
55HYUMITEKKORIA(JU)RAI YUBINDRA KUMARM12/30/19862018/10/10

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews