About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Friday, May 24, 2019

८ करोड नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका युनुस अन्सारीद्वारा माक्स लगाउन अस्वीकार !

बिष्णु विश्वकर्मा
काठमाडौँ, जेठ १० । महानगरिय प्रहरीले शुक्रबार नक्कली भारतीय रुपैयाँ सहित युनिस अन्सारी लगायत ६ जनालाई सार्वजनिक गरेको छ । कतार एयरबाट लुकाइछिपाई ल्याइएको ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोटसहित तीन जना पाकिस्तानी नागरिकहरु पक्राउ परेका हुन् । पक्राउ पर्ने पाकिस्तानी नागरिकहरुमा ४९ वर्षिय मोहम्मद अख्तर, ३९ बर्षीया नाडिया अनवर र ६७ बर्षीय नासीर उद्धिन रहेका छन् । उनीहरुलाई विमानस्थलको आगमन तर्फको भन्सार क्षेत्रबाट पक्राउ गरिएको हो । सो रकम ल्याउनका लागि उनीहरुले दुईवटा कालो र नीलो रङको लगेज प्रयोग गरेका थिए ।
विमानस्थलसम्म नक्कली भारतीय पैसा ल्याउने जिम्मा तीन पाकिस्तानी नागरिकहरुले लिएको र सो रकम लिनका लागि ललितपुरका युनिस अन्सारी उनका साला सुयल खान र सुर्यविनायक बस्दै आएका सुदन रानाभाट पुगेका थिए ।
नक्कली नोट ओसारपसारमा संलग्न ६ जनालाई महानगरिय प्रहरी परिसर रानीपोखरीले अपराह्न साँढे चार बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको क्रममा लुकाइछिपाई ल्याइएको ७ करोड ्६७ लाख ९४ हजार नक्कली भारु समेत सार्वजनिक गरिएको हो । बरामद गरिएको सबै नोट २ हजार दरका रहेका छन् । पत्रकार सम्मेलनमा सबै अभियुक्तहरुले आफ्नो अनुहार कपडाले ढाकेका थिए तर युनिस अन्सारी भने अनुहार देखाएरै पत्रकारहरुमाझ उपस्थित भएका थिए । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार आफ्नो तस्वीर फेसबुक र गुगलबाट सहज रुपमै भेटिन सक्ने भएकोले युनिसले माक्र्स लगाउन इन्कार गरेका हुन् ।
युनिस अन्सारी यसअघि पनि २ पटकसम्म पक्राउ परेर छुटेका अभियुक्त हुन् । २०६६ पुस १८ गते भारतीय नक्कली नोटसहित राजधानीको त्रिपुरेश्वरबाट पक्राउ परेका अन्सारी माघ १७ मा कारागार चलान भएका थिए । सो अपराधमा सजाय काटेर २०७० असोज १८ गते छुटेका थिए । असोजमा छुटेका अन्सारी पुनः पुसमा पक्राउ परे । लागुऔषध र नक्कली नोटको ओसारपसारमा २०७० माघ १० गते पुन पक्राउ परेका अन्सारीलाई चैत्र १७ गते जेल चलान गरिएको थियो । ४ बर्षको कैद सजाय भोगेर विस २०७४ फागुन २ गते छुटेका अन्सारी पुनः पक्राउ परेका हुन् । उनलाई जेल भित्रै गोली प्रहार समेत भएको थियो । अन्सारी कुनै समय मिडिया उद्यमी समेत थिए ।
source nepalgermaney.net बाट

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews