About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Saturday, May 25, 2019

आजको राशिफल, जेठ १२ गते आइतबार


श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ १२ गते आइतबार, २६ मे २०१९ । जेष्ठ कृष्णपक्षको सप्तमी तिथि ८ः११ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र धनिष्ठा १२ः४९ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः१२ र सूर्यास्त ६ः५० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । धार्मिक तथा माङ्गलिक कार्यमा संलग्न भइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । पारिवारिक जीवनमा खुसियाली छाउला । अथिति सेवागर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय मध्यमखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्याक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारि साधन तथा हतियारको प्रयोगमा सावधानी अपनाउनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुनचा“दी तथा औजार सम्बन्धी काममा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।आर्थिक संकटको सामना गर्नुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैदेशिक क्षेत्रमो काममा मन जानेछ । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रा हुनेछ ।

    No comments:

    Post a Comment

    PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

    तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

    Total Pageviews