About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Monday, May 6, 2019

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ


काठमाठौं । रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट-१०० विमानमा आगलागी भएको हो ।
विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए । अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो ।
सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा जहाज अवतरण गरिरहेको बेला पछाडिको भागमा आगो दन्किरहेको र कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ । अवतरण भइसकेपछि आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो ।रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको जनाएको छ । तर, प्राविधिक गडबडीको बारेमा भने विस्तृतमा बताइएको छैन । दुर्घटनाको कारणबारे जाँच सुरु गरिएको बीबीसीले जनाएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित व्यक्तिहरुको नामावली प्रकाशित गरेको छ । सूचीमा ३३ जनाको नाम छ । कम्पनीले आपतकालीन टेलिफोन नम्बर पनि जारी गरेको छ । कम्पनीले घाइतेहरुका परिवारलाई निःशुल्क मस्को पुर्‍याइने जानकारी पनि दिएको छ । मिडिया रिपोर्टसहरुका अनुसार विमानको पहिलो आपतकालीन ल्याण्डिङ सफल हुन सकेन । ट्राकिङ वेबसाइड फ्लाइट राडार २४ मा उडेको करिब आधा घण्टामै विमानले आकस्मिक अवतरण गर्न कोशिस गरेको देखिन्छ ।

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews