काठमाडौं । पछिल्लो समय काठमाडौंमा तरकारीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यो हप्ता तरकारीको मूल्य बृद्धिदर ७७०.०७ प्रतिशतले बढेको छ । तरकारी बाहिर बाट आयात हुने भएकाले भाउ बढेको अधिकारीहरु बताउँछन् ।
पछिल्लो समय ब्रोकाउली, मटरकोसा. मटरकोसा लगायतको मूल्य भारी मात्रामा बृद्धि भएको छ। तरकारीको मुल्य कति आकाशिएको छ भन्ने कुरा मटरकोसाको भाउ हेर्दा सहजै थाहा हुन्छ । गत शुक्रबार ४३ रुपैयाँ प्रति केजीमा कारोबार भैरहेको मटरकोसा यो शुक्रबार बढेर ८१.०४ प्रतिशतले बृद्धि भएको छ ।
गत शुक्रबार २३ रुपैयाँमा कारोबार भैरहेको सेतो मुला यो हप्ता ३८ रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै अन्य तरकारीको मुल्य पनि तुलनात्मक रुपमा बृद्धि भएको छ । खाद्यान्नका सामग्रीमा पनि मुल्य बृद्धिको मारमा सर्वसाधारण नै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक अब कोहि भौके बस्नु पर्देन । कोहि भोेकै भए फोन गर्न सम्म भनेका छन् । तर, जनताले महंगो मुल्यमा तरकारी नै खान नसकेको कुरालाई सुनेका छन् कि छैनन् ? या त खबर पुगेको छैन ?
(डिसि नेपालबाट)
No comments:
Post a Comment