About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Monday, May 6, 2019

उपेन्द्रसँग पार्टी एकीकरणपछि बाबुरामले भने, ‘अर्को नयाँ छलाङ मारियो’


काठमाडौं–समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउने अभियानमा पार्टी एकीकरण गरेर अर्को नयाँ छलाङ मारिएको प्रतिक्रिया दिएका छन् । 

सोमबार राजधानीमा आयोजित संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । 
उनले भने, ‘हामीले देशलाई समृद्ध बनाउनका लागि अर्को नयाँ छलाङ मारेका छौँ। हामीले सही अर्थमा देशलाई एकीकृत गर्ने काम गरेका छौं । दुई दलको बीचमा एकीकरण मात्र भएको छैन यहाँ राष्ट्रिय एकीकरण भएको छ ।’
उनले समाजवादी पार्टी समृद्धिका लागि लड्न  गठन भएको भन्दै यसमा पार्टी सफल भइछाड्ने विश्वास व्यक्त गरे । 
सत्तारुढ दल नेकपाप्रति आक्रामक रुपमा प्रस्तुत भएका भट्टराईले नेकपा कम्यूनिष्ट पार्टी नभएर कमाउवादी कम्यूनिष्ट पार्टी भएको दाबी गरे । 
‘नेकपापार्टी निभ्न लागेको बत्ती जस्तै हो । यदी मधेसको समाधान भएन भने देशमा अन्तर्ष्ट्रिय अखडा बन्न सक्छ । हामी विशेष गरी मधेशमा केन्द्रित भएर काम गर्ने छौँ’ उनले भने । 
ओली सरकार काण्डैकाण्डमा फसेको उल्लेख गर्दै भट्टराइले देशलाई कंगाल बनाउने कहिले एनसेल काण्ड, कहिले बाइडबडी त कहिले ललित निवास काण्ड भइरहेको बताए । 
 सम्पूर्ण देशको नेतृत्व गर्ने तागत मधेससँग रहेको भन्दै भट्टराईले देशलाई नै तराई मधेसले बनाएको बताए । 
आन्तरिक राष्ट्रियता बलियो नपारिकन संघीयता बलियो नहुने उल्लेख गर्दै भट्टराईले भने, ‘तराई उठेपछि हिमाल पनि उठ्छ । छिट्टै नै आन्दोलनको आँधिबेहरी आउने छ । हाम्रो संघर्षको मोर्चा सडक, सरकार र सदन हो ।’
भट्टराईले सडक पहिलो, सदन दोस्रो र तेस्रो मोर्चा सरकार भएपनि सरकारको मोर्चा भरपर्दा नहुने बताए । 
उनले कुनै पनि बेला सरकारबाट बाहिरिन सकिने पनि उल्लेख गरे ।

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews