About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Saturday, May 4, 2019

अब काठमांडूमा गुडने बसमा अनिबार्य GPS System हूनु पर्ने

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा सहज यात्राका लागि यात्रा कार्ड प्रयोगमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भन्डारीले संघीय संसदमा शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
त्यस्तै सरकारले सार्वजनिक यातायातमा व्यप्त सिन्डिकेट अन्य पछि यसलाई व्यवस्थित बनाउन पहल गर्ने भएको छ । विद्युतीय सवारीलाई प्राथमिकता दिन गाउँपालिका, प्रदेश सरकार तथा संघीय सरकारको समन्वयमा विद्युतीय बस सञ्चालनमा ल्याइने नीति सरकारले लिएको छ ।
केन्द्र सरकारले पनि वातावारणमैत्री सवारीलाई उच्च प्राथमिकता दिई विद्युीय सवारी प्रयोगलाई जोड दिइने छ ।
सार्वजनिक सवारीमा जीपीएस लागु परिने सरकारले आगामी आर्थिक वर्षदेखि सार्वजनिक सवारीमा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) अनिर्वाय गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा यस्तो कुरा आएको हो ।
सवारी फिटनेस सेन्टर स्थापना गरिने सवारीसाधनको स्वास्थ्य परिक्षणका लागि सातवटै प्रदेशमा सवारी फिटनेस टेष्ट सेन्टर स्थापना गरिने छ । राष्ट्रपति विद्यादेवी भन्डारीले सरकारको आगामी आवको नीति तथा कार्याममा सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी फिटनेस टेष्ट सेन्टर स्थापना गरिने बताइन् ।
आपतकालीन विमान राजमार्ग अवतर गर्न सक्ने बनाइने
सरकारले राजमार्गहरुलाई विमानको आपतकालीन अवतरणका लागि धावनमार्गका रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । राजमार्गहरुलाई आपतकालीन धावनमार्गका रुपमा विकास गर्ने योजना नेपालमा पहिलो पटक आएको हो ।यो खबर मेरो अटो मा प्रकाशित छ

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews