About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Saturday, May 4, 2019

कोरियामा हुण्डीका दलालहरुको ठगी प्रकरणले समाजिक सञ्जाल तात्यो



तिन वर्ष अघि बुटवलका कृष्ण भुषालले हुण्डी मार्फत ८ लाख रुपैया नेपाली पठाएका थिए । तर भुषालले आजसम्म त्यो रकम पाउन सकेका छैनन । भुषालसँगै अन्य नेपालीको गरेर झण्डै ४ करोड नेपाली खाएर फरार तत्कालिन एनआरएन कोरियाका सचिव सोगेन्द्र घले जस्तै कोरियामा हुण्डीका दलालबाट धरै नेपालीहरु ठगिसकेका छन् ।
चार बर्ष अघि बुफेंगमा रेस्टुरेन्ट गर्ने एक हुण्डी करोडौ ठगि गरि फरार अस्वस्थामा मृत्यु भयो । त्यस्तै दुइ बर्ष अघि सुवनमा पसल गर्ने अर्का एक हुण्डी संचालकले नेपाली कामदारको करौडौ रकम खाएर सम्पर्क बिहिन भएका थिए । त्यस्तै ३ वर्ष अघि दोगंदेमुन २ नम्वर गेट अगाडीका एक रेष्टुरेण्ट मालिक बुद्धी गुरुगं फरार हुदा कोरियामा रहेका धेरै नेपालीहरु ठगिए । कोहि हुण्डी दलाल जेलमा छन् । कोहि फरार हुने क्रममा छन् । यि हुण्डी दलालाका प्रतिनिधी घटना मात्र हुन । कोरियामा हुण्डीबाट ठगि हुने नेपालीहरुको संख्या डरलाग्दो रहेको छ । तर हुण्डी आफैमा अवैधानिक भएकाले जो कोहि ले पनि आफू ठगी हुदा पनि बाहिर ब्यक्त गर्न सक्दैनन् । आफू ठगिसकेपछि मात्र बल्ल छाँगाबाट खसे जस्तो लाग्छ ।

तर पछिल्लो समय केहि हुण्डीका दलालहरु पनि ठगिन थालेको खवर सुन्न थालिएको छ । अग्रिम भुक्तानी भन्दै केहि हुण्डी दलालहरुले कोरियामा पछि पैसा लिने गर्दछन् । त्यस्ता हुण्डी दलालहरुलाई केहि नेपालीहरुले मोवाईलको सिम परिवर्तन गरि सम्पर्कबाट टाढा रहेर हुण्डीवालालाई नै ठगेको घटना पनि सुनिएको छ ।
केहि महिना अघि ख्यंगीदो ख्वागंजुको सेल्टरमा बस्दै आएका एक नेपालीले हुण्डीवालाको पैसा लिएर फरार भएको ख्वागंज स्थित एक कम्पनीमा कार्यरत मोरगंका दगेन पोख्रेलले बताएका थिए ।
सउल स्थित नेपाली दुतावासले ठगी गर्ने हुण्डीका दलालका लागि कुनै पनि ठोस कदम चालेको देखिदैन यद्दपि हुण्डीका दलालहरुले कोरियामा प्रयोग गर्ने बैक खाता नम्वर र नेपालमा पैसा जम्मा गरिदिने ब्यक्तिको फोन नम्वर र उसको बारेमा सम्वन्धित देशको प्रहरी कार्यालयमा जानकारी दिए, हुण्डीका दलालहरु विस्तारै निरुत्साहित हुदै जाने थिए ।
पछिल्लो समय हुण्डी कारोबारीहरू सल्बलाए सगैँ सामाजिक सन्जालमा आक्रोश देखिएको छ। बिशेष गरेर शिक्षित यूवाहरूले देशमा भष्ट्राचारको जड नै हुण्डी भएको भन्दै आक्रोश व्यक्त गर्ने गरेका छन्।
उनीहरुले नेपाली दुतावासले तत्काल कडा नीति ल्याएर अबैध हुण्डी कारोबारीहरुलाई कारवाही गर्नु पर्ने आवाज समेत उठाएका छन् ।हुण्डी मार्फत रकम पठाउदा कहिले काही रेट फरक पर्न सक्छ । त्यसको कारण भनेको बिशेष गरी राज्यको कर छल्न देखी कालो धनलाई सेतो बनाउन दलालहरुको प्रयोग गरि रकम संकलन गरेर विभिन्न माध्यामको प्रयोग गरेर नेपाल रकम भित्र्याउने गरिन्छ ।
बिशेष गरी ब्यापारीहरुले कालो धनलाई सेतो बनाउन र भष्ट्र नेताहरुले आफ्ना अकुत सम्पती चोख्याउन यसो गर्ने गर्छन । जसमा बिदेशमा बस्ने साना ‘दलालह’रुले सहयोगीको भूमिका निभ्याउने गर्छन् । हुण्डी र रेमिट कम्पनी बीच ‘रेट’फरक हुनासाथ हुण्डी प्रयोग कर्ताहरूलाई व्यंग्य गर्दै एक प्रयोग कर्ता लेख्छन् -देश भक्तीका ठुला ठुला कुरा गर्ने यूवाहरू पैसा हुण्डीबाट पठाउँछन् कुरा ठुला ठुला गर्छन् ,लाज लाग्नु पर्ने हो !’ यस्तो छ सामाजिक सन्जालमा हुण्डी प्रयोग कर्ता र हुण्डी दलालहरू प्रति लक्षित क्रिया प्रतिक्रिया –

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews