About Me

Owner -Prem Budha Address - Surkhet Nepal Contact - prembudha7.bb@gmail.com

Wednesday, March 6, 2019

कोरियाले कसरी मारयो आर्थिक छलाङ ? सिकेर केही गरौं

कोरियाले पछिल्लो ६ दशकमा ठूलो आर्थिक छलाङ मारेको छ । विगतको ईतिहास हेर्दा हाम्रो देशले कोरियालाई कुनै दिन खाधान्न सहयोग गरेको भनेर सुन्दा पत्याउन गार्हो लाग्दछ । १९४५ मा जापान बाट स्वतन्त्र भएपछि १९५० देखि १९५३ सम्मको दुई कोरियाविच को युद्धले कोरियाको अर्थतन्त्र तथा सामाजिक अवस्था ध्वस्त भएको थियो । १९६० को दशकमा विश्वमा गरिब भनेर चिनिने कोरियाले आज कसरी यत्रो आर्थिक विकास गर्न सक्यो ? यो गम्भीर सोच्नुपर्ने कुरा हो ।
एउटै पुस्ताले त्यत्रो ध्वंस बेहोरेपनि आज हेर्नुस यही पुस्ताले यत्रो कायापलट गरेर देशको विकास गर्न सम्भव भयो । युद्धको प्रत्येक्ष चपेटामा २० लाख बढि मानिसको मृत्यु र अंगभंगको शिकार हुन परयो । देश बदल्ने नेता पार्क चुङ ही ः भनिन्छ विकासको लािग १ जनाको योगदान ठूलो हुन्छ । भ्रष्टाचारीलाई कार्वाही गर्ने , ठूला उधोग मैत्री वातारवरण बनाएर उनले देशलाई तिब्र विकासको बाटोमा बढाए । विकास निर्माणको जग निमार्ण गरेर देश विकासमा अत्यानुनिक प्रविधि प्रयाग गर्न हिको भूमिका उल्लेखनीय छ । कोरियामा यत्रो ठूलो नरसंहार हुने गरी भएको युद्धले कोरिया जर्जर भएको थियो । यही अवस्थामा देशको बागडोर आफ्नो हातमा लिए । तर उनले यसको प्रयोग देशको आमुल परिवर्तनमा खर्च गरे र आजको कोरिया बन्न पुग्यो । आधुनिक विश्वको लागि चमत्कारिक विकास गरेर देखाएको छ । मेहनत र देश प्रतिको माया ःकोरियनहरु निकै मेहेनत हुन्छन । पुरानो पुस्ता अझै पनि विभिन्न अभाव र दुःखलाई भोगेको अनुभवबाट गुज्रेपनि यिनीहरुले देश र समाज विकासमा निकै मेहेनत गरे । कम्पनीको काम हो या आफ्नो दिन रात नभनी निकै काम गर्ने कोरियन परिश्रमले ने आजको अवस्था सम्म पुगे । हिजोको पराधिन हुनुको पिडाले पनि होला कोरियनहरु देशलाई माया गर्छन । सबै कुरामा हाम्रो देश भन्न मनपराउने कोरियनहरु निकै राष्ट≪प्रेमी छन ।
-- Ad --

७० को दशकमा देशलाई आर्थिक संकट पर्दा विदेशमा रहेका कोरियन देखि देशमा रहेका कोरियनले आफूसंग रहेको पैसा, सुन, गरगहना सक्दो राष्ट≪को लागि सहयोग गरे यो कोरियनहरुले देश विकासमा गरेको नमूना उदाहरण पनि हो । समयको पालन ःकोरियामा समयलाई निकै महत्व दिईन्छ । तोकिएको समयभन्दा अगाडि नै पुग्न पर्ने यहाँको चलनले पनि देश विकासमा ठूलो महत्व राख्छ । यहा हरेक कुरामा तालिका हुन्छ । ट्रेन र बसमा कतिजना यात्री हुनु र नहुनुको कुनै अर्थ रहन्न किनकी बस ट्रेन आदि आफ्नो समयमा चल्छन । मिनेटले बस र सेकेन्डले ट्रेन छुटन पुग्छन । यहा समयको लागि याक्सो (वाचा) पनि यहा महत्वको साथ लिईन्छ । हामीले समयलाई गरेको हेलचेक्रई र कोरियनको समयको पालन हाम्रो लागि सिक्न योग्य कुरा हो । भाषा र संस्कृति ः कोरियहरु आफ्नो भाषा र संस्कृतिलाई निकै सम्मान गर्छन । विभिन्न देशबाट कामदार ल्याउदा पनि अंग्रेजी नभई कोरियन भाषा नै सिकाएर ल्याईन्छ । कोरियन कम्पनी देखि हरेक क्षेत्रमा आफ्नो भाषालाई महत्व दिएका छन । अर्को तिर आफ्नो संस्कृति लाई विश्व सामु चिनाउन पनि कोरियाले विभिन्न कार्यक्रम हरु गरि रहेको छ । कोरियामा रहेका विभिन्न भाषा भाषि विच र आन्तरिक पर्यटनलाई टेवा पुग्ने हिसावले पनि सस्कृति र परम्परालाई बचाउन पहल गरिरहेको पाईन्छ । कानुनी राज्य ः कोरियामा कानुनलाई ठूलो महत्व दिईन्छ । पूर्व राष्ट≪पति लाई भ्रष्टाचार मुद्धामा जेल चलान देखि ठुला ठुला राजनीतिक नेताहरु भ्रष्ट भएको कारण जेल गएका छन । अर्को तिर सुरक्षा अवस्था पनि कोरियामा अति राम्रो छ । राती दिन केही नभनी केटा केटी महिला जो पनि निर्धक्क भएर हिडन सक्छन । सुरक्षाको लागि अमेरिका र यूरोप भन्दा पनि सुरक्षित मानिन्छ कोरिया । न्यू कम्यूनिटी मुभमेन्ट ( सेमाउल क्रान्ति )ः सेमाउल उन्दोङ भनेको ग्रामिण आर्थिक क्रान्ति नै हो ।
कोरियाले गाउँ गाउँबाट विकास शुरु गरेको यो अभियानको जगबाट नै सम्पूर्णमा देशमा आमूल परिवर्तन गर्न सफल रहयो । “म गर्न सक्छु” भन्ने यो अभियानले जनता भित्र नै उत्साह भरेर काम गर्ने वातारण बन्या । आफ्नो गाँउ आफै बनाउ , गाउँको अधिकार गाँउलाई भने जस्तो यो गाउँको अधिकार र जनतालाई उत्प्रेरित गर्ने योजना थियो । शहर संगै गाउँलाई विकास गर्ने संगै साना तथा मझौला कम्पनीको कारण देश विकासमा योगदान दियो । प्रविधि र औधोगिकरण ः देशमा श्रोत र साधनको कमि भए पनि औधोगिकरणमा जोड दिई आयात निर्यात व्यापार बाट नै देशले ठूलो आर्थिक फडको मारयो । १९७० को दशकमा कोरियाको पोहाङमा स्टील कम्पनी स्थापना गरी औधोगिकरणको शुरुवात गरेको कोरियाले स्टील कम्पनीमै विश्वस्तरमा ठूलो प्रगती गर्न सक्यो । यस्तै गरी उधोग धन्दा, आईटी लगायत क्षेत्रमा पनि देशले ठुलो प्रगती गर्न सक्यो । विश्व स्तरीय कम्पनीहरु ः जव देश औधोगिकरण मार्फत विकास हुदै गयो कोरियामा सामसुङ,हुण्डाई, एल जी , किया , जस्ता विश्वस्तरीय कम्पनीहरुको स्थापना भए । यसले रोजगारीको सृजना गर्नुको साथै कोरियालाई विश्व बजारमा स्थापना गर्न महत्वपूर्ण योगदान गरे । यसो त ईपिएस भित्रका धेरै साहुको अधिनमा हुदा देशमा हामी जस्तो श्रमिकहरुको अधिकारको केही विषय विश्वस्तरमा कोरियाबारे उठेका पनि छन । तर पनि जस्तो सुकै मन्दिको अवस्था संग जुधेर देशको अर्थव्यवस्थाको तिब्र विकास गर्न कोरिया सफल छ । दृढ संकल्प र ईच्छाशक्तिले देश विकास गर्न कोरियन सफल भए ।
हिजो विदेशमा काम गरेका कोरियन र अस्पतालका नर्स देखि जर्मन लगायत देशमा काम गरेको श्रम , सिप र पुँजीलाई नै कोरियाले विकासमा अत्यधिक प्रयोग गरेको थियो । आज हाम्रो देशको अर्थतन्त्र पनि रेमिटयान्स ले धानेको छ । देशको अर्थतन्त्र टिकाउने यस्ता विदेशमा रहेका नेपालीलाई ज्ञान , सीप र पुजी भित्रयाउन नेपाल सरकारले मुख्य भुमिका खेल्नु पर्छ । विदेशबाट ल्याएको झिटीगुम्टा र केही थान उपहार ल्याएकै भरमा नेपालीहरुलाई एयरपोर्टमा दुःख दिने देखि उनीहरुको मनोबल गिराउने काम सरकारले गर्नु हुदैन । कोरियाले जसरी हिजो विदेशमा रहेका आफ्ना नागरिकलाई नै महत्वपूर्ण प्रयोग गरेर देश विकास गरयो यो अवसर अहिले हाम्रो देशलाई पनि छ । कोरियामा २देखि ३ लाख सम्म कमाउन सक्ने नेपालीलाई लगानीको उचित विकल्प दिन सरकार पनि त लाग्नु परयो । त्यो प्रकारको वातावरण बनाउनु सरकारको पनि मुख्य दायित्व हुन्छ । अर्को तिर कोरियामा सरकारी प्रकृयाबाट नेपालीहरु कोरिया आएका छन । यसर्थ सरकार प्रति पनि हाम्रो दायित्व छ । हामीले कानुनी माध्यमबाट यहाँको आम्दानी नेपाल पठाएर त्यो वातावरण बनाउन सहयोग गर्नुपर्छ । अब सरकारले ठूला आर्थिक विकासको संयन्त्र त बनाउने हो तर हाम्रो आर्थिक विकासको लागि फेरि त गर्नु हामीले नै पर्छ । तसर्थ अहिले हामीले लगानीको क्षेत्र पहिचान गरि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु अहिलेको आवश्यकता हो । अनुत्पादक क्षेत्रमा भएको लगानीले जति वर्ष हामी श्रमिक भएर फर्किए पनि पछि हाम्रो अवस्थ उस्तै हुन्छ तसर्थ कोरियाले गरेको विकासको मोडलबाट हामीेले सिक्न जरुरी छ । अनावश्यक खर्चहरुलाई कटाएर बचन गर्नुपर्छ , पबजी र फेसबुकमा विताउने समय रचनात्मक प्लानमा लगाउनु परयो , यहाँ छउन्जेल पनि आफ्नो क्षमता विस्तार गर्न कोरियन भाषालाई महत्वको साथ समय दिनु पर्छ ।
यसले कोरियामै काम गर्दा पनि ई ७ , एफ टु लगायत भिसा परिवर्तन गरि अदक्ष कामदारबाट आफूलाई दक्ष कामदारमा परिवर्तन गर्नुका साथै भाषाको पुर्ण ज्ञान भयो भने हामीले कोरियाको काममा मात्र होईन बाहिरी अध्ययनबाट पनि धेरै कुरा सिक्न सक्छौं । आफूले कोरियामा बस्दा सिकेको ज्ञान, सिप, आर्जन गरेको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने , साना तथा मझौला उधोगहरु स्थापना गने, कोरियाको परिश्रम नेपालमा पनि गर्ने , यहाँको झै समयको पालन , कानुनी वातावरण हुन सके हामीले पनि देश विकासमा ठूलो योगदान गर्न सक्छौं । कोरियामा रहेका नेपालीहरु नै देश विकासको प्रमुख शक्तिको रुपमा लाग्ने एउटा अवसर पनि हुन सक्छ । यसको लागि कोरियामा रहेका नेपाली र यहाँको प्रविधि प्रयोग गरि नेपाल जस्ता देशमा लगानी गर्न सक्ने र सहकार्य गर्न सक्ने कम्पनीसंगको सहकार्य पनि हुन सक्दछ । यसको लागि सामुहिक प्रयासमा हामीले नमुना परिवर्तनको काम गर्न एकजुट भएर लाग्न जरुरी छ । कोरियामा घुम्न आउने नेता देखि कोरियामा पढने विधार्थी, कोरियामा काम गर्ने श्रमिक सबैंले कोरियाबाट सिकेर केही वातावरण निर्माण गरौं ।
– (लेखक ः नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष हुन ।)
Source Hellonepalkorea.com

No comments:

Post a Comment

PROPOSED FLIGHT SCHEDULE OF REGULAR ON 2020/02/02 (माघ १९ गते)

तपसिलमा उल्लेखित भएका व्यक्तीहरूको मिति २०७६ माघ १९ गतेको लागि उडान तालिका प्राप्त हुन आएको छ। उडान सम्बन्धि बिस्तृत बिबरण(अन्तिम उडान तालि...

Total Pageviews